७ बैशाख २०८१, शुक्रबार

वाढी, पहिरो प्रभावित ठाँउमा राहत र उद्धार कार्यमा लाग्न नेकपाको निर्देशन

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीले कर्णाली लगायत देशभर वाढी, पहिरो र डुवानले गरेको ठुलो मानवीय तथा भौतिक क्षति प्रति दुख व्यक्त गर्दै तत्काल राहत र उद्धार कार्यमा लाग्न  पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।
नेकपाका प्रवक्ता प्रकाण्डले शनिवार एक प्रेश विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन   ।  नेकपाले दलाल पूँजीवादी राज्य र त्यसका संचालकहरुको जनविरोधी चरित्रका कारण नेपाली जनताले प्रतिवर्ष बाढी पहिरो र डुवानमा परी ठुलो संख्यामा जनधन र भौतिक संरचनाको क्षति व्यहोर्नु परेको वताएको छ ।
 प्रवक्ता प्रकाण्ड द्धारा जारी विज्ञप्तिमा भनिएको छ यस वर्ष कर्णाली लगायत देशैभरी ज्यान गुमाउने जनताको आफन्तहरुलाई उचित राहतको व्यवस्था,घाईतेहरुको निःशुल्क उपचार,बेपत्ता जनताको शिघ्र खोजी,जोखिममा परेका जनताको सुरक्षित वासस्थानमा स्थानान्तरण र धन सम्पति र बालीनालीको क्षति भएका जनतालाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसंग पार्टी जोड्दार माग गर्दछ ।
जारी विज्ञप्तिमा कालिकोटको राँचुलीमा मलामी भएका १३, बालीमा घर भत्केर एकै परिवारका ५ जना, मुम्रामा घर भत्केर २ जना, नुवाघरमा घर भत्केर १ जना,  तिलागुफामा घर भत्केर १ जना गरी २२ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।
यस्तै जारी विज्ञप्तिमा जुम्ला कनकासुन्दरी ५ मकरीवडामा पहिरोमा परी ७ जना, सोही ठाउँमा खोलाले बगाएर १ जना, डोल्पाबाट मामा घर गई गोठीचौर गएकाको गज्र्याङकोटमा पहिरोमा परी २ जना र हिमा ३ जोगी डाँडामा नदिले २ जना बेपत्ता पारेको जनाईको छ ।
यस्तै नेकपाले मुगु जिल्लाको छायाँनाथ ११ मा वाढी पहिरोमा परि ८ जना,हुम्ला जिल्लाको चंखेलीमा ४ जनाको मृत्यु, ६ जना घाईते, १ जना बेपत्ता, ताजकोटमा १ जनाको मृत्यु र सर्केघाटमा १ जनाको मृत्यु हुन पुगेको जनाईको छ ।
नेकपाले  प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउने कालिकोट, जुम्ला, मुगु, हुम्ला लगायत देशैभरीका मृतक जनताप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ भने  मृतकका आफन्तजनहरुमा गहिरो समवेदना व्यक्त गरेको छ । देशैभरी बाढी पहिरो र डुवानमा परेर जनधन र ठुलो भौतिक संरचनामा ठुलो क्षति हुन गएको प्रति नेकपाले दुख व्यक्त गरेको  छ ।
विज्ञप्तिको पूर्णपाठ-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।