१३ बैशाख २०८१, बिहीबार

म सहिदलाई प्रेम गर्छु…

0

म सहिदलाई प्रेम गर्छु
प्रिय सहिद
म तिमिलाई प्रेम गर्छु ।
म तिम्रो मायाबाट
प्रभावित भएको छु
मलाई साच्चिकै
तिम्रा ती आँखा सुन्दर लाग्छन्
जुन आँखाले दविएको बिचार
अन्याय र अत्याचार देखे
सत्य र असत्य लेखेको देखे ।

मलाई सहिदको याद आइरहन्छ ।
प्रिय सहिद
म तिमीलाई माया गर्छु
सुन्नुहोस् न आमा
मलाई सहिद मनपर्छ ।
मलाई सहिदको मुख मनपर्छ
जुन मुखबाट न्याय, समानता र
मुक्तिको लागि आवाज गुञ्जिन्थ्यो
जुन आवाजले शासकका
कानहरु खुल्थे, मुटुहरु काप्थ्ये ।

प्रिय सहिद म केबल
तिमीलाई माया गर्छु ।।
मलाई सहिदले गाएको
क्रान्तिको बारेमा
झुपडीको बारेमा
गरिबको बारेमा
सुमधुर गित मनपर्छ
मिठास लाग्छ, मेरैलागी
गाएको जस्तो लाग्छ ।
सबैका लागि गाएको जस्तो लाग्छ ।।
जुन गितलाई शासकले
कहिल्यै मन पराएनन्
कहिल्यै गाउन दिएनन् ।।।
जसरी भोकोलाई भोक मनपर्छ
जसरी जीवलाई लोक मनपर्छ ।
मलाई सहिदको सबथोक मनपर्छ ।।

आमा मलाई सहिद मनपर्छ ।।।
मलाई सहिद प्यारो लाग्छ
मलाई सहिद प्रिय लाग्छ
मलाई सहिदको मुटु प्यारो लाग्छ
जुन मुटु कहिल्यै कमजोर भएन
जुन मुटुले शासकलाई घृणा गर्थ्यो ।
दरिद्रलाई माया गर्थ्यो ।।

मलाई सहिदको लक्ष
सहिदको उदेश्य सहि लाग्छ ।
मलाई सहिदले देखाएको
महान बाटो सहि लाग्छ
सहिद हिडेको बाटोमा
मलाई यात्रा गर्न सहि लाग्छ
खै किन ? मलाई
सहिद सहि लाग्छ ।

जसले इतिहासमा
देशलाई प्रेम गरेको थियो
सर्वहारालाई प्रेम गरेको थियो
बन्दुक, बम, बारुदलाई
आफ्नो बर्गलाई प्रेम गर्यो
अनवरत प्रेम गरेको थियो
जसले कहिल्यै भोक भनेन् 
जसले कहिल्यै रोग भनेन्
जो कहिल्यै थाकेन
जो कहिल्यै भागेन
न उसले रातो झन्डा झुकायो
न त उसले शिर झुकायो
अविचलित भयो
आफ्नो सपनामा
लक्षित भयो मोर्चाका विपनामा…

जसले निजी स्वार्थलाई
तिलाञ्जलि दिएर
विचलनतालाई लात हानेर
धावा बोल्यो दुश्मनका विरुद्धमा
दलाल व्यवस्थाका विरुद्धमा
हो म उसैलाई प्रेम गर्छु
जसले प्राण त्याग गर्यो
सजिलैसँग हासि हासि
युद्ध मोर्चामा रगत बगायो
जसको शरिरले थापेको
बम र बन्दुकबाट निस्केको
गोलि, धुवा र छर्रालाई
चुपचाप लागेर
आत्मसात गर्यो
जसको रगतको प्रेरणाबाट
राता राता मान्छे जन्मायो
योद्धा जन्मायो, नयाँ बिचार जन्मायो…

..हो म त्यो प्रिय वीर, अमर योद्धालाई
महान सहिदलाई प्रेम गर्छु
आफुलाई भन्दा बढी माया गर्छु
म सहिदको प्रेमबाट
अविचलित हुने प्रतिबद्धता गर्छु ।
म सहिदलाई प्रेम गर्छु ।।

१४ कार्तिक २०७९

रमेश रावत (विक्रान्त)
अखिल ( क्रान्तिकारी )
केन्द्रीय सदस्य तथा
जुम्ला जिल्ला (इन्चार्ज )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।