१३ बैशाख २०८१, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी नवलपरासीको तेस्रो पूर्ण बैठक सम्पन्न

0

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी नवलपरासी जिल्लाको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
बैठकले नेकपाको नवौ महाधिवेशन र केन्द्रीय समितिको निर्णयलाई पुर्णरुपमा कार्यान्वयन गर्ने र संघ र प्रदेशको चुनावलाई सशक्त खारेज गर्ने निर्णय गरेको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा नवलपुर नवलपरासी जिल्ला इन्चार्ज शरद सीको प्रमुख आथित्यता, केन्द्रीय सदस्य धिरज सीको आथित्यता र जिल्ला सेक्रेटरी प्रताप सीको अध्यक्षतामा सम्पन्न वैठकले सो निर्णय गरेको हो । प्रमुख अतिथि शरदले जिल्लाका सवै नेता कार्यकतालाई चुनाव खारेजीको तयारी काममा लाग्न निर्देशन दिए ।

उनले विद्यमान दलाल संसदीय पुँजीवादी व्यवस्था नै अहिलेको परिवर्तनको बाधक भएको बताए । नेता शरदले दलाल व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था अनिर्वाय बन्न गएको प्रष्ट्याए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।