१५ चैत्र २०८०, बिहीबार

नेकपाको शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप, केन्द्रीय सदस्य शरद सीसहित गिरफ्तार

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी निकट सामना परिवारको ‘सामना जनजागरण अभियान’मा प्रहरीले हस्तक्षेप गरेको छ ।

नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरस्थित श्रिलोक सेवा मा.वि. अगाडि सामना परिवारले सांस्कृतिक जनजागरण अभियान संचालन गरिरहेको बेला प्रहरी प्रशासनले शान्तिपूर्ण कार्यक्रममाथि दमन गरेको हो ।

प्रहरीले सामना परिवारको शान्तिपूर्ण कार्यक्रममा दमन, धरपकड गर्दै नेकपाका केन्द्रीय सदस्य तथा नवलपुर/नवलपरासी इन्चार्ज शरद सी, पार्टीका नवलपुर जिल्ला सेक्रेटरी सुमन सी, नेकपा नवलपुर जिल्ला कमिटी सदस्य अर्जुन सीसहित ३ जनालाई गिरफ्तार गरेको सामना सांस्कृतिक परिवारले जानकारी दिएको छ ।

नेकपाले शान्तिपूर्ण ढंगले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई खारेज गर्ने निर्णय गरेको छ । शान्तिपुर्ण कार्यक्रममा भएको प्रहरी ज्यादतीको आम नवलपुर/नवलपरासीका जनता, सामना परिवार, नेकपाका नेता-कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक एवम देशभक्त, प्रगतिशील, बामपंथीहरुले विरोध जनाइरहेका छन् ।

सामना परिवारद्वारा आज बेलुका नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुर स्थित श्रीलोक सेवा मा.वि. अगाडि आयोजित ‘सामना जनजागरण अभियान’मा हजारौं जनसमुदायको उपस्थिति रहेको थियो ।  सामना परिवारले मंहगी, भ्रष्टाचार, राष्ट्रघात र दलाल संसदीय निर्वाचन खारेज गर्ने अभियानसहित जनजागरण अभियान २०७९ सुरु गरेको छ ।

आम नेपाली नागरिकहरूको हरेक दुःख कष्टहरूमा अग्रभागमा लड्दै आएको सामना परिवारले सामाजिक साँस्कृतिक विचलन र प्रभावमा होस् वा सिमा अतिक्रमण र राष्ट्रिय स्वाधिनताको संकटमा होस् , महङ्गी भ्रष्ट्राचार कालोबजारी नै किन नहोस् नेपाली जनतामाथिको अन्याय अत्याचार विभेद अनि दमनको विरूद्ध आ-आफ्ना कला र साधनाका साथ जाईलाग्ने गरेको छ । यसरी राष्ट्र जनताको पक्षमा अहोरात्र क्रियाशिल हुँदै आएको सामना परिवारको कार्यक्रममाथि प्रहरीले दमन गर्नु निन्दनीय र आपत्तिजनक छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।