१५ बैशाख २०८१, शनिबार

३ कम्युनिस्ट पार्टीद्वारा चुनाव खारेजीको संयुक्त कार्यक्रम घाेषणा

चुनाव दलाल संसदीय व्यवस्थाकाे नाटक मञ्चन मात्र हाे

0

काठमाडाैं: नेपाल कम्युनिस्ट पार्टीसहित ३ क्रान्तिकारी कम्युनिस्ट पार्टीले दलाल संसदीय व्यवस्थाकाे चुनाव नाटक मञ्चन मात्र भएकाे ठहर गर्दै चुनाव खारेजीको संयुक्त कार्यक्रम घाेषणा छन् । आईतबार कमलादीस्थित चुनाव खारेजी सम्बन्धि पत्रकार सम्मेलनमा आफ्नाे धारणा राख्दै ३ कम्युनिस्ट पार्टीले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्डले दलाल संसदीय व्यवस्था रहेसम्म नेपालले सुखकाे श्वास फेर्न नसक्ने बताए । अहिलेकाे चुनाव जनप्रतिनिधि छान्ने बहानामा पैसाकाे खाेलाे बगाएर मत किन्ने खेल भएका कारण जनताकाे प्रतिनिधिभन्दा दलालहरु चुनिएर आउने भएकाे करण जनहितकाे काम भन्दा दलालहरुले आफ्नाे स्वार्थ पूरा गर्ने ध्याउन्नमा लागेकाे कारण दलाल संसदीय व्यवस्थाकाे चुनावलाई खारेज गर्ने बताए ।

उनले, संसदीय व्यवस्था र चुनावले श्रमजीविकाे अधिकार स्थापित गरेकाे इतिहास नभएकाे बताए । ‘संसदीय व्यवस्था र चुनावले श्रमजीविकाे अधिकार स्थापित गरेकाे इतिहासमा छैन, त्यसकारण याे चुनावलाई नाङ्गाे बनाएर खारेज र बहिस्कार गर्छाैं ।’

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले कुनै पनि हालतमा जनवादविरुद्धकाे संसदीय चुनावलाई वैधानिकता नदिने बताए । उनले अहिले संसदीय व्यवस्था नै कम्युनिस्टहरूकाे व्यवस्था जस्ताे भएर आएकाे बताए । चुनावले कुनै पनि मुल्यमा जनताकाे अधिकार र राष्ट्रियता रक्षा गर्न नसक्ने भएकाेले चुनाव खारेज गर्नुपर्ने बताए ।

त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ले ४ मंसीरकाे निर्वाचन नाटक मात्र भएकाे बताए । पत्रकार सम्मेलन कार्यक्रममा बाेल्दै चुनावी नाटकलाई खारेज गरेरै छाेड्ने बताए । राज्यले आफ्नाे कालाे कर्तुतलाई छाेप्न र श्वास भर्नकाे लागि यस्ता चुनावहरुकाे नाटक गर्ने गरेकाे बताए । ३ क्रान्तिकारी कम्युनिस्ट पार्टीले सशक्त चुनाव खारेजीकाे कार्यक्रम पनि सार्वजानिक गरेका छन् ।

पत्रकार सम्मेलनमा नेकपा पोलिट व्युरो सदस्य चिरन सी ले कार्यक्रमको सञ्चालन गर्दै प्रेस वक्तव्य वाचन गरेका थिए ।घाेषित संयुक्त कार्यक्रमसहित पूर्ण प्रेस विज्ञप्ति- 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।