११ बैशाख २०८१, मंगलवार

मकवानपुरमा चुनाव खारेज अभियानले तीव्र रुप लिँदै

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सन्चालन गरेको मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको खारेज अभियानले तीव्र रुप लिएको छ । पार्टी केन्द्रको समसामयिक कार्यनीति अनुरुप कार्तिक १८ गते बसेको नेकपा मकवानपुरको दोश्रो पूर्ण बैठकले गरेको निर्णय बमोजिम जिल्ला पार्टीले आसन्न चुनाव खारेज अभियान सन्चालन गरेको हो ।

पार्टीले जिल्लाका सबै स्थानीय तहहरुमा संसदीय व्यवस्था र यसका पुजारी दलहरु तथा दलका नेताहरुको गलत, जनविरोधी एवम देशद्रोही कदमको भण्डाफोर गर्दै जनतामाझ छुट्टाछुट्टै अभियान टोलि खटाएको छ ।अभियानको क्रममा टोलिले जिल्लाको दश वटै पालिकामा भित्तेलेखन गरिरहेको छ । भित्तेलेखनमा ‘मंसिर ४ को कथित संसदीय चुनाव खारेज गरौं, नेपाल कम्युनिस्ट पार्टी – जिन्दावाद, एकिकृत जनक्रान्ति – जिन्दावाद, विश्वका श्रमिकहरु – एकजुट होऔं, वैज्ञानिक समाजवाद – जिन्दावाद, भूमण्डलीकृत पुँजीवाद – मूर्दावाद, दलाल संसदीय व्यवस्था मूर्दावाद, एम. सी.सी. सम्झौता – खारेज गर, वीर सहिदहरु – लालसलाम’ लगायतका नाराहरु लेखिएका छन् ।
त्यस्तै सबै क्षेत्रमा पर्चा वितरण गर्नुका साथै मसाल जुलुसको पनि तयारी भैरहेको नेकपाका जिल्ला सदस्य एवम् कार्यलय सचिव सुर्य सीले बताए ।

कथित संसदीय व्यवस्थाको खर्चिलो र दबाबपूर्ण चुनावले न जनताको निकास गर्छ न त देशको नै । यसले समाधान नभई अझ थप जटिल समस्याहरु निम्त्याउँछ । महंगी, कालोबजारी, भ्रष्टचारी बढाउनुका साथै जनताको जनजीविका झन कमजोर बनाउँदै लैजान्छ । आम जनताको जनजीवन उकास्नेतिर नभई देशको ढुकुटी रित्याउने, शोषित वर्ग झन शोषित भैरहने र शोषक वर्ग दिनप्रतिदिन मोटाउँदै, फैलिँदै जान्छ । गाउँ समाजमा विकास होइन विनाश निम्त्याउँछ । पार्टी तथा स्वतन्त्र उम्मेदवारको घोषणा पत्रमा उल्लेख गरिएका एजेन्डाहरु त के जनताको आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको समेत ग्यारेन्टी गर्न सकिरहेको छैन । त्यसैले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव खारेज गरेका हौं सचिव सीले बताए ।
साथै उनले संसदीय व्यवस्थाका अर्थहीन चुनावमा निकम्मा, जनविरोधी, भ्रष्टाचारी र देशद्रोही उम्मेदवारलाई कुनै पनि प्रलोभनमा परि आफ्नो अमूल्य मतदान नगर्न मकवानपुरे जनतालाई अपिल गरेका छन् ।

सदस्य सीले जिल्लाको सबै पालिकामा चलाएको अभियानअन्तर्गत पहिलो चरणमा हेटौँडा उपमहानगरपालिका, कैलाश, मनहरी र मकवानपुरगढी लगायतका पालिकाहरूमा अभियान चलिरहेको र केहि दिन भित्र सबै पालिकामा अभियान पुर्‍याउने बताए । सबै क्षेत्रहरुमा मुख्यतः केन्द्रिय सदस्य राम सी र केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीको दुई टोलिको नेतृत्वमा अन्य अभियान टोलि खटिरहेको कार्यलय सचीव सुर्य सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।