१५ चैत्र २०८०, बिहीबार

चुनाव खारेजको माग राख्दै इलाममा नियमित मशाल जुलुस

0

इलाम: चुनाव खारेज गर्ने घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टीले इलाम नियमित जस्तै मशाल जुलुस गरिरहेको बताइएको छ । सो पार्टीले १७ गते देखि लगातार मशाल जुलुस गरिरहेको छ । आज पनि जिल्ला सचिव अविनाशको नेतृत्वमा मशाल जुलुस सम्पन्न भएको हो ।
शान्तिपूर्ण रुपमा जनतालाई चुनाव खारेजमा सहभागी हुन अपिल गरेको उक्त पार्टीका केन्द्रिय सदस्य सुमनसिंहले बताए ।

उनका अनुसार पार्टीले दुई ओटा निर्वाचान क्षेत्रमा चुनाव खारेज गरौं भनेर प्रचार प्रसार अभियान चलाईरहेको छ । भित्तेलेखन, पिंढी सभा, पर्चा वितरण, मशाल जुलुस, लगायतका जनतालाई जागृत गर्ने अभियान चलाउने उनले बताए । उनका अनुसार आफ्ना गतिविधि शान्तिपूर्ण हुने भएकाले राज्यले दमन नगर्ने बताए । कसैको उक्साहटमा लागेर दमनमा आए आफुहरुले पनि जवाफ फर्काउने उनको भनाई छ । जनतालाई उनले चुनावमा भोट नहाल्न समेत अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।