११ बैशाख २०८१, मंगलवार

नेकपा गुल्मीले राष्ट्रघाती, नवदलाल र भूमाफिया उम्मेदवारविरुद्ध संघर्ष गर्ने

0

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी गुल्मीको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले मंसिर ४ गते हुने भनिएको कथित प्रतिनिधि र प्रादेशिक निर्वाचन शसक्त खारेज गर्ने निर्णय गरेको छ ।
बैठकले आइपीएस (हिन्द प्रशान्त रणनीति) सम्झौतामा हस्ताक्षर गर्ने, संसदबाट एमसीसी पास गर्ने, एसपीपी सम्झौतामा सहमति गर्ने उम्मेदवार र जनतालाई उठिबास बनाएर गाउँबाट लखेटिएका कुख्यात भुमाफिया, सुदखोर र नवदलाल उम्मेदवार विरुद्ध शसक्त संघर्ष गर्ने निर्णय गरेको छ ।
बैठकले निर्वाचनमा सहभागि नहुन जनतालाई अपिल गर्ने, दलाल उम्मेदवारहरुको झुठा आश्वासन र संसदीय व्यवस्थाको जिल्लाव्यापी भण्डाफोर गर्ने, राज्यको ढुकुटीमा काठमाडौं, बुटवल सहरमा बसेर ५ बर्षमा पर्यटकजस्तै चिल्ला गाडीघोडा चढेर गाउँ छिरेका उम्मेदवारको ललिपपमा विश्वास नगर्न अपिल गर्ने, वालिङ गर्ने, वैज्ञानिक समाजवादबारे श्रमिक जनता, राजनीतिक दलभित्रका इमान्दार, देशभक्त र क्रान्तिकारी वर्ग, सामाजिक अगुवा, उद्योगी व्यवसायी, कर्मचारी, बुद्धिजीवी र अन्य मित्रशक्तिहरुसित सैद्धान्तिक बहस र अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
बैठकले कम्युनिस्टको खोल ओढेर नयाँ खरानी घसेर कम्युनिस्टकै बदनाम गरिरहेका नवदलाल, राज्यको ढुकुटीमाथि ब्रम्हलुट मच्चाइरहेका भ्रष्ट, लुटेरा, गरिबमारा उम्मेदवार, जनताले कारवाही गरेर गाउँबाट लखेटिएका सुदखोर, भूमाफिया र कुख्यात दलाल उम्मेदवारलाई संघर्षको निशाना बनाउने निर्णय गरेको बताइएको छ ।
नेकपाको बैठकले मंसिर ४ को निर्वाचनले देशमा भ्रष्टाचार बृद्धि गर्ने, जनताको ढाडमा महंगी थापर्ने, ऋण थोपर्ने, राष्ट्रघात, जनघात गर्ने, मिटरब्याजी र लघुवित्त संस्थाको ज्यादतीलाई संरक्षण गर्ने, भुमाफिया, नवदलालहरुको संरक्षण गर्ने, प्राकृतिक स्रोत साधनको दोहन गर्ने, बलात्कारीको संरक्षण गर्ने, युवाहरुलाई विदेश पठाएर मानवतस्कर गर्ने दलालहरु चुनिने चुनाव भएकोले जनतालाई सम्पूर्ण रुपमा खारेज गर्न र सहभागि नहुन अपिल गरेको छ । नेकपाले निर्वाचनको खारेजी अभियानको क्रममा नेता, कार्यकर्ता र श्रमिक जनतामाथि राज्यले दमन गरे त्यसका विरुद्ध शसक्त प्रतिरोधात्मक संघर्ष गर्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।