१६ चैत्र २०८०, शुक्रबार

महासचिव विप्लवद्वारा भुकम्प पीडितको उद्धार तथा राहत कार्यमा खट्न विशेष निर्देशन

0

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले हिजो राति डोटीमा भुकम्पमा परी दुःख र अप्ठ्यारामा परेकाहरुको तुरुन्त उद्धार तथा राहत कार्यमा खट्न र आवश्यक सम्पूर्ण साथ सहयोगमा लागि पर्न नेताकार्यकर्ता तथा पार्टी पंङ्तिलाई विशेष निर्देशन गरेको छ ।
नेकपा महासचिव विप्लवले एक प्रेस विज्ञप्ती जारी भुकम्पको दुःखद घटना र अप्ठ्यारो अवस्थामा रहेकाहरुको पार्टीको तर्फबाट तुरुन्त उद्धार तथा राहत कार्यमा खट्न र आवश्यक सम्पूर्ण साथ सहयोगमा लागि पर्न तथा आ–आपनो स्थानबाट सहयोग कार्यमा जुट्न नेतृत्व, कार्यकर्ता तथा पार्टी पंङ्तिलाई विशेष निर्देशन गरेका छन् ।
साथै भुकम्पमा परी ज्यान गुमाउनु हुने प्रेम बोहरा, भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, धनसरी बोहरा र तुलसी बोहराप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । शोकमग्न सबै परिवार र आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । उक्त घटनामा घाइते हुनुभएका घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।