१४ बैशाख २०८१, शुक्रबार

भूकम्पको कारण ज्यान गुमाउनेहरुका परिवारलाई राहत र घाइतेहरुको उपचार गर्न नेकपा डोटीको माग

0

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति डोटीले मङ्गलबार रातीको भुकम्पको पराकम्पनका कारण जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँका ज्यान गुमाउने ६ जनाका परिवारलाई राहात र ८ जना घाइतेहरुको उपचार अविलम्ब गर्न माग गरेको छ । पार्टी सेक्रेटरी बिमल धामीद्वारा आज जारी एक विज्ञप्तीमार्फत यस्तो माग गरिएको हो ।
सेक्रेटरी धामीद्वारा जारी विज्ञप्तीमा घटनामा परि ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरिएको छ भने सम्भावित थप जोखिमबाट बच्न सचेत रहन समेत अनुरोध गरिएको छ ।
भुकम्पको कारण ज्यान गुमाउने प्रेम बोहरा, भगवती बोहरा, सिता बोहरा, हर्क बोहरा, धनसरी बोहरा र तुलक्छी बोहराका आफन्तहरु र घाइतेहरुका लागि नेपाल कम्युनिस्ट पार्टी डोटीले राहतको व्यवस्था गर्न आवश्यक पहल गरिरहेको समेत सेक्रेटरी धामीले जानकारी दिएका छ्न् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।