२९ बैशाख २०८१, शनिबार

नेपालको संविधान जनतालाई ठग्न बनाइएको जाली दस्तावेज हो : कट्टेल

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पुराना वामपन्थी एवम् कम्युनिस्ट नेता ऋषिराम कट्टेलले नेपालको संविधान नेपाली जनतालाई लुटखसोट गर्नका लागि दलाल पुजीवादीहरुले जनतालाई ठग्न बनाएको जाली दस्तावेज भएको बताएका छन् । संविधामा कैयौं राम्रा कुरा राखेको जस्तो देखिएको भए पनि ति कार्यान्वयन कहिल्यै हुन नस्क्ने भन्दै तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीले संसदिय चुनाव विरुद्ध देशव्यापी भन्डाफोर अभियान अन्तर्गत आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै कट्टेलले यस्तो बताएका हुन् ।
उनले भने, “अहिलेको चुनाव भनेको संसदवादीहरुले आफुले गरेका जनविरोधी र रास्ट्रविरोधी कुकर्मलाई तथाकथित जनादेशको जामा लगाउन गरिएको षड्यन्त्र हो । यसक्रममा हाम्रा नेता कार्यकर्ता र कलाकारहरुलाई शान्तिपूर्ण गतिविधि समेत गर्न दिएको छैन । डडेल्धुरामा सागर ढकाललाई प्रचारप्रसार समेत गर्न नदिएको कुरा आइरहेको छ ।”
उनले अगाडि भने, “संसदवादीहरुले अहिले गर्ने चुनाव भनेको इन्डो अमेरिकी योजनामा आधारित छ । यिनीहरु चुनाव जितेर आएपछि एसपिपि कार्यान्वयन गर्छन् र एकपटक नेपालमा फेरि खम्पा विद्रोह जन्माइने खतरा छ । त्यसो भयो भने देशको स्थित के हुन्छ हामीले विचार गर्न जरुरी छ ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।