१५ बैशाख २०८१, शनिबार

२०७६ सालको सिमा रक्षाको आन्दोलनबाट गिरफ्तार छोरालाई काकाको क्रान्तिकारी पत्र !

0

प्रिय छोरा……………..
देशको सिमाना पराईले हडपेको बेला मातृभुमिको रक्षार्थ संघर्ष गर्दागर्दै संघर्षकै मैदानबाट तिम्रो अन्यायपूर्ण गिरफ्तारी भयो । तिम्रा कलम बोक्ने हातहरुमा देश चिनाउने चन्द सुर्य भण्डा थियो । कालापानी र लिपुलेक हाम्रो हो भन्दै सयौँ विद्यार्थीको नेतृत्व गर्दागर्दै माइतिघर मण्डलामा तिमीमाथि वर्ग सत्रुको नजर लाग्यो । देशको स्वभिमान, राष्ट्रियता र भौगोलिक रक्षाको बुलन्द आवाजलाई दलाल सत्ताले ठुलठुला मेसिन गन र भ्प् द्धठ भन्दा ठुलो आवाज प्रहार ठानेछ । तिमी लगायत अन्य गरी ४२ जनालाई गैरन्यायिक गिरफ्तार गर्यो । त्यो गिरफ्तारी गरिदाको दुश्मनको हर्कत र तिम्रो शाहस, निडर र क्राान्तिकारी स्वभावको आज राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्च परिचर्चा र बहस भैरहेको छ । त्यो अमुल्य शाहस र क्रान्ति तथा देशप्रेम प्रतिको तिम्रो सच्चा र दुढ समर्पणको उच्च मुल्याङकन आज पार्टी संगठन मात्र होइन हाम्रो राजनीतिक विचार भन्दा बाहिरका हजारौँ लाखौँ मानिसहरुले विभिन्न सामाजिक संञ्जाल फेसबुक र युटयुवहरुमार्फत गरिरहेका छन् ।
तिम्रो गिरफ्तारी सरकारी रबैया अनि प्रतिक्रियावादी अदालतको कालो कानुन यी सबै कुराले हामीलाई झन् स्थापितिलो, परिपक्व र आक्रोशित तुल्याएको छ । यो आक्रोश क्रान्तिकारीहरुको लागी नयाँ उर्जा र जोस बनेको छ । आसा अनि विश्वास छ, दुश्मनको कालोकोढरीमा तिमीले पाएको यातना र बर्बताले तिमीलाई झन् क्रान्तिप्रति बफादार दुढ बनाउने छ र वर्गदुश्मन प्रतिक्रियावादीहरुप्रति उच्च घृणा पैदा गर्ने छ ।
तिमी यो कलिलो उमेरमा यस प्रकारका राजनीतिक जिम्मेवारीसहित अगाडि बढिरहेका छौँ । तिम्रो हातमा जसरी दुश्मनको हतकडी परेको छ म विश्वास दिलाउन चाहन्छु त्यो हतकडीको मुल्य वर्तमान प्रतिक्रियावादी हलाले सत्ताले अवश्य व्यर्हाेनुपर्ने छ । महान शहिदहरुको रगत, तिमी जस्तै बन्दी योद्धाहरुको अठोट साहस र दुढ संकल्प घाइते योद्धाहरुको सुन्दर सपना क्रान्ति र पार्टीका अमुल्य सम्पति हुन् ।
क्रान्ति अनिवार्य शर्त हुन् । हामीहरुका लागी अगाध प्रेरणा हुन् । क्रान्ति, क्रान्ति र क्रान्ति हामी एउटै सपना हाे यो देशलाई सुन्दर स्वाभिमानी देश विकसित देश र समृद्ध देश बनाउनका लागी अहिलेको दलाल सत्ताको अन्त्य अनिवार्य कुरा हो । तसर्थ तिमी जस्तोसुकै कठिनाई जस्तो सुकै आपतविपतमा पनि क्रान्तिलाई नबिर्सनु १७ वर्षको कलिलो उमेरमा जुनराजनीतिक उचाई हासिल भएको छ यो सामन्य होइन । २४ गतेदेखि तिम्रो फोटो र भिडियोले नेपालको कुनै पनि मेडिया अलग रहन सकेन । अझै सकारात्मक कमेन्ट यो पहिलो चोटी हो । सायद तसर्थ तिमीप्रतिको लाखौँ विद्यार्थी र जनताको साहनुभूति अमुल्य छ । नेल्सन मण्डेला २७ वर्ष जेल बसेका थिए । सायत उनी जेलको चरम यातना देखि डराएर दुश्मनको अगाडि झुकेका भए विश्व राजनेता हुने कुरा सम्भव थिएन । आफ्नै पिसाब खुवाउन लगाउने प्रहरीले ती मण्डेलालाई अरु कति यातना दिए होलान् कल्पना गरौँ त ? अहिलेका प्रतिक्रियावादी दलाल सत्तामा बसेकाहरु पनि कैयै जेल नेल कयद भोगेर आएका हुन् । स्वयम् दलालहरुको नाईके केपी वली १४ वर्ष जेल बसेका थिए । विपि अझेै ११ वर्ष जेल बसेका थिए । शेर बहादुर देउवा ७ वर्ष जेल बसे । विडम्वना भन्नु पर्छ हिजो पञ्चायतका विरुद्ध लडदा जेल वसेकाहरु आज आफ्नो इतिहास पुरै विर्सेर हामी क्रान्तिकारीलाई कालो कानुनको साहारामा षडयन्त्रपूर्वक जेल कोचीरहेका छन । यसको एउटै जवाफ हो क्रान्ति र तसर्थ क्रान्ति भन्दा बाहिर हामीले सोच्नु हुदैन । हामी राजनितिककर्मीका लागी जेल नेल ठुलो कुरा होइन । भनिन्छ, क्रान्तिकारीका लागी हतकडी गहना जस्तै पनि
हो । हतकडी लाग्दाको जिवनको मुल्य भोग्ने र भोगेकालाई थाहा हुन्छ । तिमी रत्तिभर चिन्ता नलिनु, डर नलिनु महान सहिदको । रगतलाई सम्झिएर देश परिर्वतनको यात्रामा नयाँ संकल्प लिनु । जेल मोर्चा पनि क्रान्तिको एउटा ठुलो मोर्चा तिमी त्यहिबाट त्यो मोर्चा सम्हाल्नु । हामी सुल्ला मोर्चा सम्हाल्छौ । क्रान्तिको जित सुनिश्चित छ । तिम्रो वन्दी जीवन नयाँ इतिहास कोर्न सफल हुनेछ । त्यहिबाट क्रान्तिकारी रचनाहरु लेखेर देश दुनिया व्युझाउने काम गर्नु । मिडियाको तिमीलाई राम्रो सपोर्ट छ । आवश्यक प्रवन्ध मिलाउला । दलालहरुलाई चैनले सुत्न दिनु हुदैन । विभिन्न लेख रचना गरेर दलालहरुको पर्दाफास गर्ने काम त्यहिबाट पनि सम्भव छ केहि महत्वपूर्ण किताबहरु पठाउने व्यवस्था मिलाउला । त्यहाँ राज्यले दोषी करार गरेका कलिला किशोरहरु छन् तिनलाई राज्यको असली रुप र चरित्र बुझाएर क्रान्तिकारी बनाउनु । जेल मोर्चाबाट क्रान्तिलाई सेवा गर्ने काम तिमीले निरन्तर गर्नु साथै तिमीलाई लगाएको षडयन्त्रकारी अभियोग लाई गलत सावित गरी निर्दोष सावित गर्ने् कानुनी पाटाहरुमा प्रयास जारी
छ । एकराज भण्डारी र कपिल चन्द्र पोखरेलसंग म आफै निरन्तर कुरा गरिरहेको छु । आस छ, तिम्रो रिहाई जतिसक्दो चाडो हुनेछ । घर तिरको चिन्ता नमान्नु । प्रेम र दाजुसंग म निरन्तर सम्र्पकमा छु । उनीहरु निरास भएका छैनन् । मैले राम्रोसंग सम्झाएको छु । स्वास्थ्यको ख्याल गर्नु । मलाई निरन्तर त्यहाको विषयमन विभिन्न माध्यमबाट जानकारी पठाउनु यस पत्रमा
यति बाकी अर्को पत्रमा ।
उहि तिम्रो अंकल
हर्क बहादुर वि.क.
नोट : २०७६ साल कार्तिक २७ गते
बाल सुधार गृह भक्तपुर ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।