१३ बैशाख २०८१, बिहीबार

तीन कम्युनिस्ट पार्टीद्वारा आज इटहरीमा भन्डाफोर सभा हुँदै

0

आशन्न मङ्सिर ४ गते हुने भनिएको संसदिय चुनावको औचित्य नरहेको भन्दै चुनाव खारेज/बहिस्कारको कार्यनीति लिएका तीन कम्युनिस्ट पार्टीले आज पूर्वको इटहरीमा भन्डाफोर सभा गर्ने भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मिलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको देशव्यापी विरोध तथा जनपरिचालन अन्तर्गत आज इटहरीमा कार्यक्रम हुन लागेको हो ।
सुनसरीको इटहरी मेनचोक बाट १ सय मिटर पश्चिम तर्फको चोकमा आज दिउँसो ठिक १ बजे हुने कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एबम प्रवक्ता प्रकाण्ड, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती र नेकपा नेता सतिसाल लगाएतका नेताहरूले सम्बोधन गर्ने सुनसरीस्थित नेकपा पोलिट व्युरो सदस्य दिपेश सीले जानकारी दिएका छन् । कार्यक्रमको शुरुवात ब्यानरसहित नारा जुलुश गर्दै हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।