१४ बैशाख २०८१, शुक्रबार

संसदीय चुनाव गरौँ बहिस्कार

0

 कविता                                                            आयो आयो चुनाव आयो भन्छन् नेताहरु त्यहाँ
घुसपैठ, झुठा आश्वासन बाँड्ने काम हुन्छ जहाँ
दिनानुदिन दैनिकीसँग जुधिरहेछन जनता यहाँ
हालेर भोट जिताइयो आखिर के गर्‍यो र कहाँ

आउछ नेता, ठोक्छ भाषण, दिन्छन् आश्वासन
यो र त्यो गर्छु भन्छन् समस्याको गर्छु समाधान
हिँडेनि जनता भन्दै ठिक छ यो नेताको भाषण
दिए भोट जित्यो दलाल नेता सकियो निर्वाचन

गर्छु है काम, भन्दै भोट लगेर, कार्यक्षेत्र धाएनन्
पुगेपछि दरबार, गाउँघरमा फेरि, फर्केर आएनन्
लोकतन्त्र त के, देशमा शान्ति, सुरक्षा नै छाएनन्
सुखी नेपाली-समृद्ध नेपाल जनताले देख्नै पाएनन्

आउन त आउँछन्, नेताहरु आफ्नो, कार्यकाल सकेर
भन्दै फेरि, जिताइदिनु हजुर, काम गर्छु कम्मर कसेर
सक्काइसके देश चुसेर तिनले हुन्न हामी चुपचाप बसेर
खेदौँ गाउँठाउँबाट भ्रष्ट नेतालाई अब कालोमोसो धसेर

माग्न आउँछन् भोट भ्रष्ट नेताहरु बिन्ती गर्दै नमस्कार
विश्वासका साथ गरेको अमूल्य मतदान भइन्छ बेकार
मोटाउँछन् दलाल नेता अनि तिनकै सारा घर परिवार
तसर्थ यो संसदीय चुनाव खारेज अनि गरौं बहिस्कार


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।