१४ बैशाख २०८१, शुक्रबार

चुनाव खारेजी अभियानको क्रममा सिन्धुपाल्चोकबाट ४ जना गिरफ्तार

0

चुनाव खारेजी अभियानको प्रचार प्रसारको क्रममा सिन्धुपाल्चोकबाट नेपाल कम्युनिस्ट पार्टीका ४ जना गिरफ्तार भएका छन् । गिरफ्तार हुनेहरूमा पार्टीका जिल्ला सचिवालय सदस्य कम्प्युटर, युवा संगठन नेपालका केन्द्रीय सदस्य सुमन, अखिल (क्रान्तिकारी) का जिल्ला संयाेजक नीर घिमिरे र पार्टी सदस्य राजेन्द्र थापा रहेका छन् ।

चुनाव खारेजी अभियानको प्रचार प्रसारको क्रममा बाह्रबिसेबाट आज दिउँसो उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको हो ।

यसैबीच शान्तिपूर्ण खारेज अभियानमा प्रहरीले हस्तक्षेप गरि गिरफ्तार गरेको भन्दै नेकपा जिल्ला सेक्रेटरी युगिनले कडा आपत्ति जनाउँदै गिरफ्तारी भएका चार जनालाई रिहा गर्न जाेडदार माग गरेका छन् ।

शान्तिपूर्ण कार्यक्रममा प्रहरीले दमन गरे कडा प्रतिरोध गर्ने उनले चेतावनी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।