१५ चैत्र २०८०, बिहीबार

नेकपा मकवानपुरद्वारा चुनाव खारेजी अभियान अन्तर्गत काेणसभा

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आज हेटौंडामा भण्डाफोर कोणसभा गरेको छ । कोणसभा कार्यक्रम मार्फत आसन्न प्रतिनिधि र प्रदेश सभाको कथित निर्वाचनमा भोट नहाल्न र सशक्त रुपमा खारेज गर्न सम्पूर्ण मकवानपुरबासिमा अपिल गरेको छ ।

नेकपाले आइतबार दिउँसो हेटौंडाको उद्योग वाणिज्य संघ अगाडि पर्चा वितरण गर्दै मंसिर ४ को कथित निर्वाचन विरुद्ध भण्डाफोर कार्यक्रम गरेको हो । कार्यक्रमको सम्बोधन गर्दै नेकपाका केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीले दिनप्रतिदिन नेपाली जनतामाथी महंगी, कालोबजारीका साथै तमाम व्यथिती थोपार्ने यो संसदीय व्यवस्थाको निर्वाचनमा भोट नहाल्न र खारेज गर्न सम्पूर्ण मकवानपुरबासीमा अपिल गरेका छन् । साथै उनले सोझासाझा नेपाली जनताको अमूल्य मतद्वारा चुनिएर जाने अबको नेतृत्वले हाम्रो देशमा अझ बढि राष्ट्रघात र जनघात गर्ने पनि जानकारी गराए । हाम्रै भोटको आडमा शक्ति, सत्ता र कुर्सिमा पुगेका दलाल, भ्रष्ट नेताहरुले हामिलाई नै दमन, शोषण गर्ने र अन्याय-अत्याचार थोपर्ने भएकाले अबको चुनावमा कुनै पनि हालतमा भोट नहाल्न अनुरोध गरेका छन् ।

नेकपाले सन्चालन गरेको दलाल संसदीय व्यवस्थाद्वारा लादिएको संघ र प्रदेश सभाको आगामी निर्वाचन खारेज अभियान अन्तर्गत हेटौंडामा भएको उक्त कार्यक्रमको सन्चालन नेकपा मकवानपुरका सचिवालय सदस्य विवेक सीले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।