१४ बैशाख २०८१, शुक्रबार

अछाममा यस्तो छ नेकपाको भडाफोर अभियान

0

अछाम: नेपाल कम्युनिस्ट पार्टीले संसदिय व्यवस्थाको आशन्न चुनाव जनता र देशका लागि भन्दा पनि भ्रष्ट , राष्ट्रघास्ती र एमसिसि पक्षधरहरुको सत्ता र स्वार्थको रक्षाका लागि प्राण भर्न हुन लागेको भन्दै चुनाव खारेजको नीति लिएपछि देशव्यापी भन्डाफोर कार्यक्रम अन्तर्गत नेकपा अछामले पनि प्रचारप्रसारका शान्तिपुर्ण कार्यक्रमलाई तिव्रता दिएको छ ।

भण्डाफोर अभियानको क्रममा कोणसभा, वालिङ पोस्टरिङ र घरदैलो कार्यक्रम व्यापक रुपमा भैरहेकोबारे नेकपा अछामका सेक्रेटरी लोकेन्द्र सी ले जानकारी गराएका छन् ।

प्रचार प्रसार, जनभेटघाट र जनश्रम गर्दै चुनाव खारेजको सान्दर्भिकताबारे मतदातालाई सुसज्जित गर्ने उद्देशले थालिएको जिल्लाव्यापी अभियानका क्रममा नेकपा अछामले तीन ओटा मुख्य टोलि समेत बनाएको छ ।सेक्रेटरी लोकेन्द्र सी, केन्द्रिय प्रतिनिधि सदस्य निरक सी र जिल्ला सचिवालय सदस्य विकास सी ले अलगअलग अभियानको नेतृत्व गरिरहेका छन् भने यसक्रममा भ्रष्ट, रास्ट्रघाती र एमसिसि पक्षधर दलाल उम्मेदवार बहिस्कार गरौँ, कथित संसदिय चुनाव खारेज गर, संसदिय चुनाव होइन वैज्ञानिक समाजवाद स्थापना गरौँ , जस्ता ४० ओटा मुख्य नाराहरु लेखिएको छ साथै जिल्लाका मुजाबगर, जयगढ, मेल्लेख, साफेबगर एअरपोर्ट बजार, हाटबजार, चौरपार्टी, मङ्गलसेनको वस्ती, डाडिगडे, ढकारी, मुलि , बयला, तोसी, धमाली, रानिवन , तुर्माखाद , लकान्द्र, थाल्पाटा, बोरागाउ,पुल्लेतोला, र बान्नेमा गरी २१ ओटा कोणसभा कार्यक्रम सम्पन्न गरिको बताइएको छ ।
अभियानको क्रममा राजनीतिक कामसङ्गै जनश्रम, जनभेटघाट, शहिद परिवार भेटघाट समेत गरिएको बुझिएको छ । समाजमा बढ्दै गएको महङ्गी, भ्रस्टाचार र रास्ट्रघात गर्ने पार्टी र नेताहरुकै बिचमा चुनाव हुन लागेको र कुनै नयाँ विकल्प नदेखिएकोले जनतामा चुनाव प्रति कुनै उत्साह देखिएन, अछामका अधिकांश मतदाताहरु रोजीरोटीका लागि निरन्तर भारततिर गैरहेको र जम्मा मतदाताको ५० प्रतिशत भन्दा पनि कम मत खस्ने सम्भावना छ- नेकपा अछामका सेक्रेटरी लोकेन्द्र सी ले भने ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।