१६ चैत्र २०८०, शुक्रबार

शिक्षकले यातना दिदा बालिकाले गरिन् आत्महत्या, यातना दिने शिक्षकलाई कानुनी कार्वाही गर्न अखिल (क्रान्तिकारी) को माग

0

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका ६ स्थित ग्रामकाली माध्यमिक विद्यालयमा अध्ययनरत एक बालिका आफ्नै स्कुलमा पढाउने शिक्षकले शारीरिक तथा मानसिक यातना दिएको कारण आत्महत्या हुन गएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले कानुनी कार्बाहीको माग गरेको छ । कक्षा ६ मा अध्यनरत छात्रा गोमा विकले कार्तिक २१ गते बेलुका ४:४५ बजे आत्महत्या गरेको जानकारी पछि यातना दिएको अभियोगमा सोहि विद्यालयका शिक्षक मिलन दाहाललाई स्थानीय प्रहरीले पक्राउ गरि हिरासतमा लिएको र हाल उक्त मुद्दालाई विभिन्न प्रपञ्च गरि डिसमिस गर्ने प्रयत्न भएको भन्दै अखिल (क्रान्तिकारी) विद्यार्थीका केन्द्रिय सचिवालय सदस्य दयाराम लुवारले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कार्बाहीको माग गरेका हुन् ।
शारीरिक तथा मानसिक यातनाका कारण आत्महत्या गर्न विवस बालिकाको आत्महत्या अभियोगमा पक्राउ परेका शिक्षक दाहाललाई कार्वाही नगरी जालझेल र षड्यन्त्र गरे आफुहरु कार्बाही गर्न बाध्य हुने समेत अखिल (क्रान्तिकारी)द्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।