१६ चैत्र २०८०, शुक्रबार

ललितपुरको लगनखेलमा अखिल (क्रान्तिकारी)को भन्डाफोर सभा सम्पन्न

0

काठमाडौँ: मङ्सिर ४ मा हुने भनिएको संसदिय चुनाव विरुद्ध प्रचारात्मक संघर्ष गरिरहेकोअखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तर्फबाट देशव्यापी विरोध कार्यक्रम अन्तर्गत आज ललितपुरको लगनखेलमा भन्डाफोर सभा गरिएको छ । आशन्न चुनावले शिक्षा, स्वास्थ्य क्षेत्रका विद्यार्थीहरुका मुद्दालाई हल गर्ने भन्दा पनि दलाल र शैक्षिक माफियलाई सत्ता र शक्तिमा पुर्याउने भन्दै अखिल (क्रान्तिकारी) ले भण्डाफोर सभा गरेको हो ।
बुधबार सम्पन्न सभालाई क्रान्तिकारी विद्यार्थीका उपाध्यक्ष नरेन्द्र सी ले सम्बोधन गर्दै यो चुनावले विद्यार्थी आन्दोलनका मुद्दाहरूलाई हल गर्ने भन्दा पनि सत्तामा दलाल, भ्रष्ट र एमसीसी पक्षधरहरुलाई पुर्याएर देशलाई बिदेशीहरुको उपनिवेशमा लैजाने खतरा भन्दै हामीले सचेत र भविष्य बोकेका युवा हुनुको नाताले देशको रक्षाका लागि निर्वाचन खारेजको पक्षमा उभिन आम शिक्षा, रविद्यार्थी र मतदाताहरुलाई अपिल गरे ।
विरोध कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी) ले देशका विभिन्न ठाउँसहित काठमाडौँको बागबजार, बसपार्क, किर्तिपुर लगाएतका ठाउँमा भण्डाफोर सभा गरि सकेको क्रान्तिकारीका केन्द्रिय सदस्य निगम भण्डारीले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।