१३ बैशाख २०८१, बिहीबार

भुकम्पका कारण कमलबजारमा मात्रै करोडौंको क्षति

0

अछाम: सुदुरपश्चिमको खप्तड केन्द्र भई गत हप्ता आएको भुकम्पको कारण अछाम जिल्लाको कमलबजार नगरपालिकाका विभिन्न वडाहरुमा करोडौंको भौतिक क्षति भएको प्रारम्भिक लगत संकलन विवरणबाट देखिएको छ । कार्तिक २२ गते राती आयको भुकम्पको कारण स्थानीय नागरिकका घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति भएको स्थानीय विपद व्यवस्थापन समितिको प्रारम्भिक विवरणबाट पुस्टी भएको हो।
कमलबजार नगरपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिस्टले दिएको जानकारी अनुसार नगरपालिकाका विभिन्न वडामा गरि पुर्ण क्षति ६४, आंशिक २१६, साधारण ७१, विद्यालय क्षति२५ र स्वास्थ्य चौकि९ ओटा गरि जम्मा ३८५ ओटा भौतिक संरचनाहरुमा क्षति हुन पुगेको छ । अछाम जिल्ला भरि के कति क्षति भयो भन्नेबारे सहायक जिल्ला प्रमुख अधिकारी दिपेश रिजाललाई सोध्दा- विवरण अझै संकलन भै नसकेको र अब छिट्टै विस्तृत रुपमा लगत सङ्कलन हुने जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।