
बुटवल: नेपाल कम्युनिस्ट पार्टी रुपन्देही २ नम्बर कमाण्ड अन्तर्गत सैनामैना नगरपालिकाको कलौनिमा मसाल जुलुस सम्पन्न भएको छ । मंसिर ४ गते हुने कथित निर्वाचन खारेजीको लागि रुपन्देहीको सैनामैनामा मसाल जूलूस गरेको हो ।
जनभेटघाट, प्रचारप्रसार, भित्तेलेखन, पर्चा वितरण, कोण सभा, भण्डाफोर सभा गर्दै शुक्रबार मसालजुलुस सम्पन्न गरेको छ । सैनामैनाको कलौनिदेखि सुरु भएको मसाल जुलुस रामापुर मा.वि.को मतदान केन्द्रसम्म नारा जुलुस गर्दै पुगेका थिए ।
मसालजुलुसमा करिब ७०/८० जनाको संख्यामा उपस्थित नेकपाका नेता तथा कार्यकर्ताले युवा विद्यार्थी, स्थानिय जनताहरु समेत चुनाव खारेजीको नाराहरु लगाउँदै कथित दलाल सत्ताको निर्वाचन खारेज गरौं, दलाल पुंजिवाद मुर्दावाद, साम्राज्यवाद मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल सत्ताको कथित निर्वाचन धोका हो भन्दै नाराजुलुस गरेका थिए ।
मसालजुलुसमा नेकपाका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी विश्वास सीको पनि उपस्थिति रहेको थियो ।