१५ चैत्र २०८०, बिहीबार

विप्लव बस्ती भनेर चिनिएको नमुना बस्तीले पूर्ण रुपमा निर्वाचन खारेज गर्‍यो (फाेटाेफिचरसहित) 

0

कास्की: कास्की पोखरा १४ स्थित नयाँ बस्ती ( नमूना ) बस्तीले मंसिर ४ को संसदीय निर्वाचन पूर्ण रुपमा बहिष्कार गरेको छ ।
विप्लव बस्ती पनि भनेर चिनिएको नयाँ बस्ती  १० वर्ष पहिले पार्टीकै योजनामा राखिएको थियो । १२० भन्दा बढी घरधुरी रहेको बस्तीमा ४०० जनसंख्या रहेको छ भने १५० भन्दा बढीको मताधिकार रहेको टोलविकास संस्थाका अध्यक्ष विकास सुनारले बताए ।

हाल नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनलाई खारेज गर्ने नीति लिएपछि आफुहरु भोट हाल्न नगएको स्थानीय युवा कालू पुनले बताए ।

पार्टीले निर्वाचनको दिन टोल सरसफाइ र समाज भवनमा रङ्ग लगाउने कार्यक्रम राखेकोले बस्तीका सबै जनसमुदायहरु पार्टीसँगै जनश्रममा सहभागी भएको पुनले बताए । निर्वाचन खारेजी अभियानमा रहेको नेकपा कास्कीले सृजनशिलता अपनाउदै निर्वाचन बहिष्कार गरेको हो ।

सयौं जनसमुदायको सहभागितामा निर्वाचनको बेवास्ता गर्दै नेकपा कास्की जनश्रममा जुटेपछि स्थानीय युवा र जनसमुदाय उत्साहित भएका थिए । नो भोट, संसदीय चुनाव खारेज गरौं, दलाललाई मत नहालौँ लगाएतको नारा लेखिएको कालो झण्डा ओडेका नेता कार्यकर्ता र जनताको टिमको नेतुत्व जिल्ला सेक्रेटरी तथा crc  सदस्य काजी सीले गरेका थिए भने कार्यक्रममा जिल्ला नेताहरु परिवर्तन सी, सोममाया सी, प्रकाश सी, युवराज सी, महेन्द्र सी लगाएतका युवाहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।