१३ बैशाख २०८१, बिहीबार

इलामका ६ केन्द्रमा विस्फोट

0

ईलाम | ईलाम जिल्लाका ६ ओटा निर्वाचन केन्द्रमा बिस्फोट गराएका छन । संघ र प्रदेशको निर्वाचनमा जनताको तिब्र घृणा र आक्रोश रहेकाबेला भएको यी बिस्फोटले जनताको बिरोधलाई थप वल पुर्याएको छ ।

ईलाम सदरमुकाम स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस हाता भित्रको केन्द्रमा बिहान अन्दाजी १० बजे विस्फोट भएको थियो । विस्फोट ८०० मिटर वरपर सम्म सुनिएको थियो ।

उता सुर्योदय नगरपालिकाको फिक्कल माबिमा पनि बिहान अन्दाजी ९ बजे तिर बिस्फोटन भएको छ, त्यस्तै सुर्योदयको अर्को एक ठांउमा पनि विस्फोट भएको बुझिएको छ विष्फोटन कोआवाज पछि मतदान केन्द्रमा पुगेका मतदाताहरुको भागाभाग भएको थियो भने मतदाताहरु घर फर्किएका थिए यस्तै माईजोगमाई गाउपालिका शिरिसेमा पनि बिहान बिस्फोटको आवाज सुनिएको छ ।

देउमाई नगरपालिकाको खान्द्रुङ्ग माबी केन्द्रमा पनि विस्फोट भएको छ । ईलामको चुलाचुलिमा पनि शक्तिशाली बम विस्फोट भएको तर कतैपनी मानवीय क्षती नभएको जानकारी प्राप्त भएको छ । सो स्थानमा मतदान प्रकृया केहिक्षण रोकिएको थियो ।

बिस्फोट कसले गरायो भन्ने थाहा नभएपनी निर्वाचनको बिरुद्धमा उत्रिएका राजनीतिक दल तथा जनताको तर्फबाट यो स्तरको बिरोध भएको हुनसक्ने अनुमान गरिएको छ। निर्वाचनमा ईलाममा अहिले सम्म न्यून सहभागिता देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।