११ बैशाख २०८१, मंगलवार

मेरो वुझाईमा संसदिय निर्वाचन २०७९

0
 
हिजो मात्र संसदिय निर्वाचन २०७९ सम्पन्न भएको छ । अधिकांश निर्वाचन क्षेत्रहरुमा बुथ कब्जा गरेर, मृत्यु भैसकेका, जेल हिरासत रहेका, बिरामी भएर अस्पतालमा रहेकाहरुको समेत जबर्जस्ती एकलौटी गरेर मुस्किलले ५०% भन्दा कम मतदान भएको छ । यसले गर्दा बहुमत माथि अल्पमतले शासन गर्ने सम्भावित नयाँ बहसको विषय बनेको छ ।
 
निर्वाचनप्रति जनताहरुमा खासै उत्साह देखिएन बरु ठाउँ ठाउँ मा खारेज र बहिष्कारका समाचारहरु पढ्न, सुन्न र हेर्न पाइयो । रोल्पाको थवाङ लगाएतका निर्वाचन क्षेत्रका जनताहरुले अति न्यून मतदान गरेर यो व्यवस्थाको खिल्ली उडाएका छन् र नौलो क्रान्तिको सम्भावित उदयको सुरुवात गरेका छन् । यसर्थ, जनताहरु यो व्यवस्थाबाट आजित छन् र वैकल्पिक व्यवस्था चाहन्छन अर्थात विस्तारै वैज्ञानिक समाजवादी व्यवस्थाको लक्ष वरिपरि गोलबन्द हुँदैछन ।
 
 
निर्वाचन आयोगले निर्वाचन शान्तिपुर्ण भयो भन्ने निष्कर्ष निकालेता पनि निर्वाचनकै कारण ठाउँ-ठाउँमा मान्छे मारिएका छन्, मतपेटिकाहरु जलेका छन्, झडपहरु भएका छन् र आफन्तहरुबिच पानी बाराबारको स्थिति समेत बन्न पुगेको छ ।
 
मतदानको क्रममा होस् वा मतदान पछि जनतामा एक खालको घण्टी प्रतिको क्रेज देखिनु मुख्य भनिएका संसदवादी दलहरुको दिमागमा घण्टी बजाउन खोज्नु सत्य हो तर यो व्यवस्था भित्रको घण्टी नै समाधान होइन । तसर्थ व्यवस्था परिवर्तन आजको मुख्य आवश्यकता हो ।
 
-अखिल नेपाल शिक्षक संगठन प्यूठान सह-सचिव

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।