१२ बैशाख २०८१, बुधबार

नेकपाले मङ्सिर ८ गते नवौं पार्टी पुनर्गठन दिवस देशव्यापी मनाउने

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवस देशव्यापी मनाउने भएको छ । आज भन्दा ९ वर्ष अघि तत्कालीन मोहन वैद्य नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट बिद्रोह गरि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेको दिनलाई स्मरण गर्दै पुनर्गठन दिवस मनाउन लागिएको हो।
पुनर्गठन दिवसको सन्दर्भमा विभिन्न कार्यक्रम गरि मनाउने योजना रहेको एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् । ऐतिहासिक नवौं पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाऔँ, एकीकृत जनक्रान्तिको दिशामा अघि बढौँ भन्ने नारासहित आइतबार महासचिव विप्लवको फोटो अंकित पोस्टर सार्वजनिक गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी आफ्नो राजनैतिक कार्यक्रम वैज्ञानिक समाजवाद र सामरिक कार्यक्रम एकीकृत जनक्रान्तिको कार्यदिशाको कार्यान्वयन गर्दै दुई वर्षको प्रतिबन्ध र १२ जना शहिदको बलिदानसहित दलाल पुजिवादी उत्पादन सम्बन्ध सङ्गको नेपाली जनताको प्रधान समस्या हल गर्न संघर्षको दिशामा अघि बढिरहेको छ भने उता मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी नौलो जनवाद र जनसंघर्षको कुरा गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।