१४ बैशाख २०८१, शुक्रबार

नेकपा सिन्धुपाल्चोकद्वारा नवौं पार्टी पुर्नगठन दिवस कार्यक्रम सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टीको ऐतिहासिक नवौं पुर्नगठन दिवसको अवसरमा लिशंखुपाखरमा कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीको पाेलिट ब्युराे सदस्य तथा जिल्ला इन्चार्ज आधारले पार्टीको नवौं पुर्नगठन दिवसको अवसरमा देशभक्त, वैज्ञानिक समाजवादका पक्षधरहरु, श्रमिक जनता तथा सम्पूर्ण सिन्धुपाल्चोकबासि सबैलाई हार्दिक शुभकामना व्यक्त गरे ।
उक्त कार्यक्रममा प्रमुख अतिथि आधारले देशमा वैदेशिक हस्तक्षेप बढिरहेको, संसदीय चुनावमा पार्टीकाे खारेजी अभियान सशक्त बनेकाे, जनतामा याे व्यवस्थाप्रति वितृष्णा देखिएको, करिब आधा जनता सहभागिता नभएकाे चुनावकाे कुनै औचित्य नभएकाे, अब याे चुनावले एमसीसी पक्षधरहरुले मात्र जित्ने गरेको बताए । साथै अब क्रान्तिकारीहरुलाई उपयुक्त वातावरण तयार हुँदै गएकाे पनि बताएका छन् । एकीकृत जनक्रान्तिले मात्र वैज्ञानिक समाजवादसम्म पुग्न सकिने भन्दै उनलेे यसका लागि आधारहरु तयार हुँदै गइरहेकाे र एकीकृत जनक्रान्तिले आजकाे २१ औँ शताब्दीकाे अन्तरविरोधलाई हल गरि नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने दाबी गरे ।
कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी युगिन सि ले गरेका थिए भने कार्यक्रममा केन्द्रीय प्रतिनिधि सदस्य किरण सि, युवा संगठन नेपालका केन्द्रीय सदस्य सुमन सि काे पनि उपस्थिति रहेको थियाे ।
कार्यक्रमकाे सन्चालन जिल्ला सदस्य कम्युटर सि ले गरेका थिए । कार्यक्रममा स्वातग मतव्य जिल्ला सदस्य तथा लिशंखु गाउँ कमिटी सेक्रेटरी विराज सि र जिल्ला सदस्य तथा लिशंखु गाउँ कमिटी इन्चार्ज युवराज सि गरेका थिए । कार्यक्रममा उपस्थिति अतिथिहरुलाई गाउँ कमिटी तथा स्थानीयले फुल मालाले स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।