
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार दिर्घराज पाण्डे सीले नेपाल र नेपाली जनताको लागि विप्लव सीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको विकल्प नभएको धारणा राखेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ९ औँ पार्टी पुनर्गठनको दिवसको अवसरमा राजनैतिक वैचारिक प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अथिति पाण्डेले यस्तो बताएका हुन् । विश्व कम्युनिस्ट आन्दोलनको चर्चा गर्दै कम्युनिस्ट घोषणा पत्र, नेपालको कम्युनिस्ट आन्दोलनका बारेमा खण्डन गर्दै विश्व भुमण्डलिकृत पुँजीवाद प्रधान अवरोध भएको र नेपालमा संसदिय दलाल पुँजीवाद भएकोले यसको अन्त्य गर्न अब नेपाल कम्युनिस्ट पार्टी नै सैद्धान्तिक, वैचारिक र साँगठनिक हिसाबले सही रहेको बताए ।
उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालदेखि विप्लवसम्मको नेतृत्वमा आईपुग्दा राम्रा गरेको नेतृत्वहरूको राम्रो गर्दा सम्मको सम्मान नै गर्नुपर्दछ तर जब नेतृत्व गद्धार बन्छ तब विद्रोह आवश्यक हुन्छ र त्यस विद्रोहलाई देश जनताको लागि ठिक गरेर विश्वास दिन आवश्यक पर्दछ ।’
नेकपाको बाह्रौ पूर्ण बैठकबाट सामान्य चुनावको कार्यनीतिलाई विषय बनाएर अलग भएका बहुमतहरू संघ र प्रदेशको संसदिय निर्वाचनसम्म आईपुग्दा प्रतिक्रान्तिकारीमा रूपान्तरित भएको प्रमाणित भएको जिकिर पनि गरे । नेकपा बहुमतको नीति र कार्यक्रम संसदिय व्यवस्थालाई पन्छाउन भन्दा पनि विप्लव र विप्लव नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई समाप्त पार्ने उद्देश्यका साथ कपोकल्पित आरोपहरू कुनै राजनीतिक नभएको पनि प्रष्ट पारे । मार्क्सको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादलाई जडको रूपमा नलिएर प्रयोग र विकासको विज्ञानको रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपाका पीवीएम आस्था सी, प्रज्ज्वलन सी, प्रज्वल सी, सीसीएम तथा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष अर्जुन सी, सीसीएम अजय सी, योद्धा सी, वैकल्पिक सीसीएम विजय सी, पाटन सी, राजकुमारी सी, केन्द्रीय प्रतिनिधि सदस्य तथा घाईते योद्धा एवम् नेवा मुक्ती मोर्चा नेपालका अध्यक्ष सुरेन्द्र सी, केन्दीय जनप्रतिनिधि सदस्यहरू, सहिद वेपत्ता परिवारका अध्यक्ष एकराज भण्डारी, सहिद वेपत्ता परिवार लगायतका अथितिहरूको आथित्यता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता नेकपाका वैकल्पिक केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला सेक्रेटरी राजेन्द्र सी, सञ्चालक केन्द्रीय प्रतिनिधि सदस्य तथा ललितपुर जिल्ला सेक्रेटरी ललित सी र भक्तपुर जिल्ला सेक्रेटरी देव सीले स्वागत मन्तव्य राखेका थिए । कार्क्रममा जवस मोर्चा र उपत्यकाका नेकपाका नेता कार्यकर्ता समर्थक शुभचिन्तकहरूको उपस्थितिमा कलाकारहरूको बेजोड क्रान्तिकारी गीत नाचका प्रस्तुतिको बिचमा हर्षउल्लास र भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो ।