१५ बैशाख २०८१, शनिबार

महासचिव विप्लवकाे आमा आशिकाको निधनप्रति नेकपा काठमाडौँद्वारा श्रद्धाञ्जली

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका ९५ वर्षिय आमा आशिका देवी चन्दको आज बिहान भएको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काठमाडौँले श्रद्धाञ्जली व्यक्त गरेको छ ।।

आज नेपाल कम्युनिस्ट पार्टी काठमाडौँका इन्चार्ज प्रज्वल र सेक्रेटरी तुलसीनारायणद्वारा एक शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवका आमा आशिका देवी चन्दको निधनप्रति श्रद्धाञ्जली र आफन्तहरुमा समवेदना प्रकट गरिएको हो ।
जिल्ला इन्चार्ज प्रज्वल र सेक्रेटरी तुलसीनारायणद्वारा जारी शोक वक्तव्यमा भनिएको छ,-“क्रान्तिकारी आन्दोलनका धरोहर हाम्रो पार्टीका महासचिव कमरेड विप्लव कि ९५ वर्षिय आमा आशिका देवी चन्दको आज बिहान ९ बजे कपिलवस्तु स्थित आफ्नै निवासमा हुन गएको निधनले हाम्रो पार्टी जिल्ला समिति काठमाडौँ मर्माहत भएको छ । यस दु:खको घडिमा शोकाकुल हुनु भएका महासचिव विप्लव र उहाको परिवारजनप्रति समवेदना प्रकट गर्दै निधन हुनु भएका आमा आशिका चन्दप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।