१३ बैशाख २०८१, बिहीबार

महासचिव विप्लवका आमाको निधनप्रति नेकपा उदयपुरद्वारा श्रद्धाञ्जली

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव कि ९५ वर्षिय आमा आशिका चन्दको आज बिहान भएको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उदयपुरले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
आज नेपाल कम्युनिस्ट पार्टी उदयपुरका इन्चार्ज विवेक सी र सेक्रेटरी मिनप्रसादद्वारा एक शोक वक्तव्य जारी गर्दै महासचिव विप्लव कि आमा आशिका चन्दको निधनप्रति श्रद्धाञ्जली र आफन्तहरुमा समवेदना प्रकट गरिएको हो ।
नेकपा उदयपुर जिल्ला इन्चार्ज विवेक सी र सेक्रेटरी मिनप्रसादद्वारा जारी शोक बवक्तव्यमा भनिएको छ,-“हाम्रो जनप्रीय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीका आदरणीय महासचिव विप्लव सी, नेकपाका वरिष्ठ पुर्व केन्द्रिय सदस्य विरजङ्ग र जयन्द्र कि ९५ वर्षिय आमा अशिका चन्दको आज बिहान ९ बजे कपिलवस्तु स्थित आफ्नै निवासमा हुन गएको निधनले हाम्रो पार्टी जिल्ला समिति उदयपुर स्तब्ध भएको छ । यस दु:खको घडिमा आदरणीय आमा आशिका चन्दप्रति हाम्रो पार्टी जिल्ला समिति उदयपुर हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ साथै शोक सन्तप्त महासचिव विप्लव ,उहाका परिवारजन र सम्पुर्ण पार्टी पङ्क्तीप्रति समवेदना प्रकट गर्दछौँ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।