१४ बैशाख २०८१, शुक्रबार

महासचिव विप्लवका आमा आशिकाको निधनप्रति पार्टीद्वारा श्रद्धाञ्जली

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको ९६ वर्षिय आमा आशिका चन्दको शनिबार कपिलवस्तु स्थिति आफ्नै निवासमा हुन गएको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रवक्ता प्रकाण्ड सि द्वारा आइतबार एक शोक वक्तव्य जारी गर्दै आदरणीय आमा आशिकाको निधनप्रति श्रद्धाञ्जली र महासचिव लगायत घरपरिवार, आफन्तहरुमा समवेदना प्रकट गरिएको हो ।

शाेक वक्तव्यमा भनिएको छ,”आमा आशिका देवी चन्दले नेपालको कम्युनिस्ट आन्दोलन, नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तिमा पुर्याएको योगदानप्रति पार्टी उच्च सम्मान व्यक्त गर्दछ । साथै दिवङ्गत आमाको क्रान्ति र परिवर्तनप्रतिको सपना पूरा गरि छाड्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ ।”
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डद्वारा जारी शोक वक्तव्यमा भनिएको छ,-“हाम्रो जनप्रीय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सीको ९६वर्सिय आमा आशिका चन्दको हिजो बिहान ९ बजे दुखद निधन हुन गएको छ । सर्वप्रथम दिवङ्गत आमाप्रति हाम्रो पार्टी स-सम्मान श्रद्धाञ्जली अर्पण गर्दछ । अभिभावक गुमाउदाको सर्वाधिक पिडापुर्ण यो क्षणमा पार्टी महासचिव कमरेड विप्लव , उहाको परिवार र आफन्तजनहरुमा पार्टी हार्दिक समवेदना व्यक्त गर्दछ।”
त्यस्तै प्रवक्ता प्रकाण्डद्वारा जारी शोक बक्तब्यमा पार्टीको तर्फबाट भनिएको छ-“आमा आशिका देवि चन्दले नेपालको कम्युनिस्ट आन्दोलन , नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तिमा पुर्याएको योगदान प्रति पार्टी उच्च सम्मान व्यक्त गर्दछ। साथै ,दिवङ्गत आमाको क्रान्ति र परिवर्तन प्रतिको सपना पूरा गरि छाड्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।