११ बैशाख २०८१, मंगलवार

अखिल (क्रान्तिकारी) मकवानपुरको छैठौं पूर्ण बैठक सम्पन्न

0

मकवानपुर: अखिल (क्रान्तिकारी) मकवानपुरको छैठौं पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले २४ औँ जिल्ला सम्मेलनको तयारीका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ । 

बैठक नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको जिल्ला सम्पर्क कर्यालयमा बसेको हो । मंसिर १७ गते शनिबार बसेको बैठकले आगामी एक महिना भित्रमा संगठनको २४ औं जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले सुर्य सीको संयोजकत्वमा ३१ सदस्यीय २४ औं जिल्ला सम्मेलन आयोजक समिती निर्माण गरेको छ । सम्मेलन सम्पन्न गर्न आवश्यक सबै तयारीका लागि विशेषता संगठन विस्तार अभियान सन्चालन गर्ने निर्णय गरेको छ । संगठन बिस्तारका लागि सुर्य सी, बिक्रम सी, शर्मिला सी र सुबास सीको नेतृत्वमा चार अभियान टोलि बनाएको छ । त्यसैगरी प्रचारप्रसारका लागि भित्तेलेखन गर्ने, ब्यानर राख्ने निर्णय गरेको छ । 

साथै बैठककै बिचमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीका ममतामयी आमा आशिका देवि चन्दप्रती श्रद्धाञ्जली अर्पण गरेको छ ।

बैठकमा नेकपाका केन्द्रिय सदस्य राम सीको प्रमुख आतिथ्यता, केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीको विशेष आतिथ्यता, अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा पश्चिम बागमती इन्चार्ज विवेक सी, अनेम संघ क्रान्तिकारीका केन्द्रिय सदस्य तथा मकवानपुरका अध्यक्ष सुशीला सी, युवा संगठन मकवानपुरका सचिव सुनिल सीको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।