१२ बैशाख २०८१, बुधबार

महासचिव विप्लवको आमाकाे स्मृतिमा सहिद परिवार, अपाङ्ग, जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका ममतामयी आमा आशिका देवी चन्दको स्मृतिमा आज पूर्व घोषित कार्यक्रम अनुसार सहयोग स्वरूप न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले जाति, धर्म र मृत्यु संस्कारबारे वैज्ञानिकीकरण गर्दै जाने गरी सी जाति, मृत्युु संस्कारबारे नयाँ वैज्ञानिक अवधारणा बनाएर जाने नीति पास गरेको थियो । सोही नीति अनुसार पार्टी महासचिव विप्लवले आमा आशिका देवी चन्दको स्मृतिमा आज न्यानो कपडा वितरण गरेका छन् । जस अनुसार: १) बनियाभारका दुई छोरा सहिद शंकर र राजुका आमा ७८ वर्षका देविमाया सुनार
२) वर्ष ७७ को मनकुमारी बुढा छोरा सहिद सतराज बुढा क. समय, रमुहवादह
३) वर्ष ८६ को तुलसी सुनार रेख देख नभएको, अञ्चलपुर
४) वर्ष ७७ को बेदे दमाई (एक्लै बस्ने रेख देख नपाएको) अञ्चलपुर
५) वर्ष ७० को हिमा परियार (श्रीमान अपाङ्ग, छोरी १ जना, जमिन आफ्नो नभएको), अञ्चलपुर
६) वर्ष ३५ को केहनि थारु (अपाङ्ग, ७ बर्षको छोरा), अञ्चलपुर
७) वर्ष ४९को ओबिलाल सुनार (अपांग, जमिन नभएको), दस नम्बर
८) वर्ष २० को सन्तोष थारु (मानसिक बिरामी), चमरबझिया
९) वर्ष ५२ को लाटा थारु (आमाबुबा नभएको भगवानपुर नातेदारकोमा बस्ने)
१०) नारायणडिहीका वर्ष ४८ को भरत महरा (श्रीमति छोरा-छोरी तथा जग्गा जमिन नभएको) न्यानो लुगा वितरण गरिएको छ ।
स्मरण रहोस् महासचिव विप्लवद्वारा हिजो आमाकाे स्मृतिमा सार्वजनिक लागि फलफुलका बिरुवा राेपिएकाे र गरिब विद्यार्थीका लागि चित्र-चन्द्र-आशिका स्मृति काेषकाे निर्माण गरिएको छ ।
आमाको स्मरणमा पूर्व घोषित कार्यक्रम अनुसार आज सहिद परिवार, अपाङ्ग, असहाय, जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण कार्यक्रम सम्पन्न गरिएको छ । छोराहरुको तर्फबाट विप्लव सी को नेतृत्वमा न्यानो लुगा वितरण गरिएको थियाे । छोरीहरूको तर्फबाट जेठी छोरी तुलसा देवी चन्दको नेतृत्वमा र बुहारीहरुको तर्फबाट राजकुमारी चन्दको नेतृत्वमा सम्पूर्ण बुहारीहरूकाे उपस्थिति रहेको थियो ।
यसैबीच भोलि आमा आशिका देवी चन्दको अन्तिम दिन श्रद्धाञ्जली सभा कार्यक्रम गरिने जिल्ला सेक्रेटरी कमल सी ले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।