१४ बैशाख २०८१, शुक्रबार

तीन बुँदे सहमतिको कार्यान्वयनका लागि नेकपा भक्तपुरद्वारा सरकारलाई खबरदारी

0

भक्तपुर: नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन केपी ओली नेतृत्वको सरकार बिच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि नेपाल सरकारलाई नेकपा भक्तपुरले खबरदारी गरेको छ ।

पार्टी केन्द्रीय समितिले तय गरेका सघर्षका कार्यक्रम अनुसार नेकपा भक्तपुरले च्यामासिङमा विरोध कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कोणसभालाई अखिल नेपाल जनसाँस्कृतिक महाङ्घका केन्द्रीय महासचिव कुशल सी ले सम्बोधन गर्दै राज्यले आफुहरुकाे सहनशिलता र इमानदारीतालाई कमजोर ठानेको बताए ।
तीन बुँदे सहमति अनुसार पार्टीका नेता कार्यकर्तामाथि लगाइएका झुट्टा मुद्दा खारेज तथा जेल जीवन बिताई रहनु भएका पार्टीका नेता कार्यकर्ता तत्काल रिहाई नगरे ठूलो मूल्य चुकाउनु पर्ने धारणा राखे ।
कुशलले दलाल र साम्राज्यवादीको निर्देशनमा अध्यादेश रोकिएको बताए । नेपालमा केही संसदवादी राजनीतिक पार्टीका नेताहरु विदेशीको दलाली गर्ने र उनीहरुकै जुठोपुरो खाएर देश र जनतामाथि घात गर्ने बाहेक अरु केही पनि नगर्ने बताएका छन् । भ्रष्टाचारीमाथि कार्वाही र दलाल संसदीय व्यवस्थाको विरोध गरेकै कारण विगतमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएको र नेता कार्यकर्ताहरुलाई गिरफ्तारी गरि झुट्टा मुद्दा लगाएको भन्दै उनले तीन बुँदे सम्झौता कार्यान्वयन गर्ने गरी ल्याइएको अध्यादेश रोक्नु गलत भएको जिकिर गरे ।

कार्यक्रममा नेकपाका भक्तपुरका सेक्रेटरी देव सी लगायतले बोल्दै हरेक षड्यन्त्रका विरुद्ध संघर्ष गर्ने बताएका छन् । 

पार्टी केन्द्रले घोषणा गरेको पाँच दिने संघर्षका कार्यक्रम अनुसार भक्तपुर जिल्लाका विभिन्न स्थानमा पाैष ३ गते जिल्ला सदरमुकाम र देशका मुख्य मुख्य शहरहरुमा अन्तर्किया, पौष ४ गते बेलुका मशाल जुलुस र ५ गते बिहान १०- ११ बजेसम्म १ घण्टा चक्काजामको कार्यक्रम रहेको पार्टीका पिबिएम आस्थाले जानकारी दिइन् ।

कोणसभामा पार्टी पिबिएम आस्था सी, सिसिएम तथा अ.ने.म. संघ क्रान्तिकारी केन्द्रीय महासचिव राजकुमारी सी, पार्टी केन्द्रीय सदस्य विजय सी लगाएत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।