१४ बैशाख २०८१, शुक्रबार

नेकपा मकवानपुरद्वारा अध्यादेश रोक्ने साम्राज्यवादी षड्यन्त्रको विरुद्ध कोणसभा

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले तीन बुँदे सहमति कार्यन्वयनका लागि ल्याइएको अध्यादेश रोक्ने साम्राज्यवादी षड्यन्त्रको विरुद्ध कोणसभा कार्यक्रम गरेको छ ।

कार्यक्रम हेटौंडाको बुद्धचोकमा भएको हो । कार्यक्रमको सम्बोधन गर्दै नेकपाका वैकल्पिक केन्द्रिय सदस्य आरोह सीले राष्ट्रपती समक्ष पेस गरिएको अध्यादेश पास गरि नेकपा सँग गरिएको तीन बुँदे सहमती अक्षरश: कार्यन्वयन गर्न आग्रह गरेका छन् । वि.सं. २०७७ फागुन २१ गते नेकपा र केपि वलीको सरकारबीच तीन बुँदे सहमतिमा हस्ताक्षर हुँदै गर्दा चुपचाप बस्ने केही साम्राज्यवादी तत्वहरुले अध्यादेश रोक्न षड्यन्त्र रचिरहेका उनको आरोप छ । उक्त षड्यन्त्र रोकि सहमती कार्यन्वयन नगरे नेकपा जस्तोसुकै कदम चाल्न पनि बाध्य गर्न उनको भनाइ छ ।

शनिबार दिउँसो गरिएको कार्यक्रममा नेकपाका केन्द्रिय प्रतिनिधि समिती सदस्य मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीले सन्चालन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।