१० श्रावण २०८१, शुक्रबार

नेकपाले देशव्यापी माओ जयन्ती मनाउँदै

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले चीनिया कम्युनिस्ट पार्टीका अध्यक्ष तथा नयाँ जनवादी गणतन्त्र चीनका सुत्रधार माओत्सेतुङको १ सय ३० औं जन्मजयन्ती पौष ११ गते अर्थात 26 डिसेम्बरका दिन देशभर मनाउने भएको छ ।
अर्धसामन्ती तथा अर्धऔपनिवेशिक आर्थिक सामाजिक चरित्रको तत्कालीन चिनको रास्ट्रीय उत्पिडन र किसान मजदुर र राष्ट्रिय पुजिपति वर्ग सम्मीलित संयुक्त राज्यसत्ताको लागि चीनिया क्रान्तिको अवधारणासहित मार्क्सवाद लेनिनवादको सिर्जनात्मक प्रयोग गरि आजको चीनको आधारशिला खडा गरेका माओत्सेतुङ जन्मेको दिनलाई समरण गर्न र विश्वका उत्पीडित वर्गको मुक्तिका लागि उनले पुर्याएका योगदानहरुको चर्चा गर्ने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टीले माओ जयन्ती मनाउन लागेको जानकारी दिएको छ।
नेपालमा थुप्रै वामपन्थी र कम्युनिस्ट पार्टीहरु छन् तर उनीहरु मध्य संसदिय व्यवस्था अन्तर्गत सत्तासीन पार्टीहरुले भने मार्क्सवाद- लेनिनवाद मान्ने गरेको भए पनि माओवाद भने मान्दैनन् ।
चीनिया समाजको,आर्थिक राजनीति र वर्ग विश्लेषणका आधारमा सन १९४९ मा चीनिया नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि सर्वप्रथम माओका योगदानहरु सार्वभौम महत्वका छन् भन्दै पेरु कम्युनिस्ट पार्टीले ८०को दशक देखि नै माओवाद पदावली प्रयोग गरेको थियो भने नेपालमा समेत माओवादलाई मार्क्सवाद लेनिनवादको तेस्रो र नयाँ चरणमा बिकास भएकोले माओवादको आत्मसातिकरण बिना कोहि पनि सच्चा कम्युनिस्ट र मार्क्सवादी लेनिनवादी हुन नसक्ने निस्कर्ष सहित २०५२ सालबाट जनयुद्ध शुरु गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।