१३ बैशाख २०८१, बिहीबार

युवा संगठन नेपालद्वारा भ्रष्ट ठेकेदार रणबहादुर शाहीलाई जनकारबाही

0

काठमाडौँ: युवा संगठन नेपाल, भेरी कर्णाली ब्यूरोले भ्रष्ट ठेकेदार रणबहादुर शाहीलाई कालोमोसो लगाई जनकारबाही गरेको छ ।
युवा संगठन नेपाल, भेरी कर्णाली ब्यूरोले भ्रष्ट ठेकेदार, शिक्षक र राजनीतिकर्मी रणबहादुर शाहीले आफु शिक्षण पेशामा आवद्ध भैरहेको अवस्थामा कुशै गाउँपालिकामा निर्माण हुँदै गरेको वैकल्पिक उर्जाको उपभोक्ता समितिको अध्यक्ष बनेर २०६४ सालदेखि २०७९ सालसम्म आइपुग्दा करिब २ करौड २१ लाख रुपैयाँ हिनामिना गरि कामलाई अलपत्र पारेको, समग्र विद्यार्थी र जनताको भविष्यसँग जोडिएको शैक्षिक सस्थालाई बेवास्ता गर्दै विद्यार्थीहरुको भविष्यमाथी खेलवाड गरेको, शिक्षण पेशाबाट राजीनामा नदिई नेपाली काङ्ग्रेस कुशे गाउँ पालिकाको सचिव बनेर सिङ्गो शैक्षिक सस्थालाई अस्तव्यस्त बनाएकोले कारबाही गरिएको युवा संगठन नेपाल भेरी कर्णालीले एक प्रेस विज्ञप्ति जारी गरि जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।