११ बैशाख २०८१, मंगलवार

म यात्री हुँ

0

क्रान्तिकारी यात्री
मुक्तिको अविचलित यात्री
क्षितिजको सुनौलो बिहान
फर्किन थालेको कोपिला
भोको पेटमा गाँस
चिसो चुलोमा आगो
पर्खिएको यात्री
हो म उहीँ यात्री
क्रान्तिकारी यात्री

काँधमा झोला भिरेर
भिरको बाटो हिडेर
खोला तरेर पहाड चडेर
बिद्रोहको मसाल सल्काउँदै
मुक्तिको झण्डा फहराउने आशमा
शिरमा कफन बाँधेर
कम्मरमा खुकुरी भिरेर
जादैछु दुस्मनको अड्डामा
बमसँग खेल्न
बारुदसँग खेल्न
म यात्री हुँ
क्रान्तिकारी यात्री

समरको यात्रा
समुन्यको यात्रा
विद्रोहको यात्रा
क्रान्तिको यात्रा
यात्री यात्रा विर्सजन गर्ने छैन
भत्काई दुस्मनका पर्खालहरु
चुडाली दुस्मनका जन्जिरहरु
सुन्दर संसार निर्माणको यात्रा
समाजवादी साम्यवादी यात्रा
अनन्तको यात्रा गर्नेछ
इतिहासको पानामा
रगतका राता मसिले
यात्राको एउटा अनुभव
लेख्ने छु
यात्रीको अन्तिम यात्रा
साहस विश्वास आस्था र विजय हो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।