२४ बैशाख २०८१, सोमबार

जनताले कम्युनिस्ट र गैर कम्युनिस्ट चिन्न जरुरी छ : दीर्घ सी

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका सल्लाहकार समिति सदस्य तथा राष्ट्रिय वामपन्थी मञ्चका केन्द्रिय अध्यक्ष दीर्घ सीले जनताले कम्युनिस्ट र गैर कम्युनिस्ट चिन्न जरुरी भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीद्वारा १३० औं माओ दिवसका अवसरमा आयोजित जनसभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता दीर्घले जनताको मुक्तिको मुख्य सत्रु भनेको घरेलु प्रतिकृयावाद र विदेशी साम्राज्यवाद रहेको बताउँदै अहिले सांसद ,सरकारमा गएका कम्युनिष्टहरू साम्राज्यवादका गुलाम भएकाले नेपालमा कम्युनिस्ट नामधारी कम्युनिस्ट पार्टी धेरै भएको भन्दै जनताहरु भुलभुलैयामा नपरी असली कम्युनिस्टलाई चिन्न जरुरी भएको बताएका छन् ।

माओको उक्त जन्मोत्सव कार्यक्रका अध्यक्ष तथा नेकपाका पोलित ब्युरो सदस्य माइला लामाले माओलाई स्मरण गर्दै माओको एक भनाइ “क्रान्ति एक पटक गरेर मात्रै पुग्दैन, एक पटक कोई पनि मानिस क्रान्तिकारी हुन सक्छ तर आजीवन क्रान्तिकारी हुन सक्नु नै एक क्रान्तिकारी कम्युनिष्टको आदर्श हुनु पर्छ ” भन्दै लामाले, “देश र जनताको लागि सम्पुर्ण रूपमा समर्पित हुनसक्ने नेता देशले नपाएसम्म देशको मुहार नफेरिने जिकिर गरेका थिए ।

त्यसैगरी सहिद परिवारकी केन्द्रीय अध्यक्ष खुमा सि ले जनयुद्धामा महिलाकाे बलिदानी स्मरण गराउँदै भनिन् ,” जहाँ बलिदान हुन्छ, त्यहाँ पीडा र अक्रोस् हुने बताएकी छन्। उनले जनयुद्धामा ५० प्रतिशत भन्दा बढी सहभागी भएको महिलाहरु ४० प्रतिशतभन्दा बढीले बलिदानी दिएको भन्दै सहिद परिवार र बेपत्ता योद्धा हरूको प्रचण्डले आफ्नो पद, प्रतिष्ठाको र पैसाको लोभमा उनीहरूको सपना माथि कुठारा घात गरेको बताएकी छन् । उनले त्यस्ता पद, प्रतिष्ठाका लागि जे पनि गर्न सक्ने सरकारलाई खबरदारी गर्दै , त्यस्ता कार्य रोक्न आफूहरु फेरी पनि बलिदान हुन तयार भएको भन्दै चेतावनी पनि दिएकी छन् ।

उक्त कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष प्रकाश सि ले ” रुस र युक्रेनको युद्धलाई व्याख्या गर्दै साम्राज्यवादको नेतृत्वमा संसारका हरेक मानिसहरूको भविष्यमाथि युद्ध मडारीरहेको बताए । उनले भने यसका प्रभावहरु नेपालमा MCC, एसपीपीको रुपमा देखिएको भन्दै नेपालमा साम्राज्य बादका दलाल हरुलाइ ३ करोड नेपालीले मिलेर लखेट्ने चेतावनी दिएका थिए ।

काठमाडौँ रत्नपार्क अगाडि शान्तिबाटिकामा भएको उक्त माओजन्मोत्सव कार्यक्रममा विभिन्न संगठनका अध्यक्ष तथा नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।
सोही कार्यक्रमबाट विभिन्न पार्टी संगठनबाट नेकपामा २ दर्जन भन्दा बढी ध्रुवीकरण भाएका थिए । साथै माओको तस्बिरमा माल्यार्पण गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमसहित कार्यक्रमको समापन गरिएको थियो ।
कार्यक्रमको सञ्चालन नेकपा पाेलिट ब्युरो सदस्य आस्थाले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।