६ बैशाख २०८१, बिहीबार

राज्यको किसानमारा नीति तत्काल बन्द गर्न अ.ने.कि. महासंघ (क्रान्तिकारी) द्वारा सरकारलाई चेतावनी

0

काठमाडौँ: अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले काठमाडौँ लगायत देशैभरी सुकुम्वासी बस्तीहरुमाथि डोजर चलाउने राज्यको किसानमारा नीति तत्काल बन्द गर्न सरकारको गम्भीर रुपमा ध्यानाकर्षण गराएको छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का संयोजक काली बहादुर सीले एक प्रेस विज्ञप्ती जारी गरी बर्षातको बाढी पहिरोबाट पीडित र अहिले चिसो मौसमको सित लहरबाट कठयाग्रियर मर्नु पर्ने अवस्थाका किसानहरुलाई राहत उपलब्ध गराउन पर्ने अवस्थामा वैकल्पीक व्यवस्था समेत नगरी देशको राजधानी लगाएत देशैभरी सुकुम्वासी बस्तीहरुमाथि डोजर चलाउने राज्यको किसानमारा नीति तत्काल बन्द गरिएन भने किसानहरुले प्रतिरोध संर्घषको उठान गर्ने चेतावनी दिएका छन् । त्यस प्रतिरोधको नेतृत्व गर्न आफ्नो संगठनले जुनसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताएका छन् । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुनेछ भन्ने कुरा सोही विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘हालै नेपाल सरकारले गरिब किसान भूमिहिन किसान र सुकुम्वासीहरुमाथि गरिएको दमन उत्पीडन र बिना व्यवस्थापन घरबासबाट उठिबास गराउने देशव्यापी फर्मान जारी गरेकोप्रति हाम्रो अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण भएको छ । बिर्तावाल सामन्त जमिन्दार र दलाल भूमाफियाहरुको संंरक्षण गर्ने र निमुखा गरिब किसान तथा सुकुम्वासीहरुमाथि भिषण दमन गर्ने सरकारको रबैयाले आम श्रमजिवी किसानहरुलाई बिक्षिप्त मात्र हैन आक्रोसित बनाइ प्रतिरोधका निम्ति तयारी अवस्थामा रहनु पर्ने अवस्था सृजना गरेको छ ।’

विज्ञप्तीको पूरा पाठ–
नेपालका हरेक राजनीतिक आन्दोलनहरुमा नेपालका आम श्रमजिवि किसानहरुले त्याग र बलिदानका उच्च कृतिमानहरु कायम गरेका छन् । सात दशक भन्दा लामो नेपालको राजनीतिक आन्दोलनमा प्रत्येक पटक राजनीतिक नेतृत्वले दिएको धोका आज संघिय लोकतान्त्रिक गणतन्त्र नामको व्यवस्थासम्म आइपुग्दा समेत वास्तविक किसान झन् बढी प्रताडित हुनुपर्ने अवस्थाको श्रृजना भएको छ ।
हालै नेपाल सरकारले गरिब किसान भूमिहिन किसान र सुकुम्वासीहरुमाथि गरिएको दमन उत्पीडन र बिना व्यवस्थापन घरबासबाट उठिबास गराउने देशव्यापी फर्मान जारी गरेकोप्रति हाम्रो अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण भएको छ । बिर्तावाल सामन्त जमिन्दार र दलाल भूमाफियाहरुको संंरक्षण गर्ने र निमुखा गरिब किसान तथा सुकुम्वासीहरुमाथि भिषण दमन गर्ने सरकारको रबैयाले आम श्रमजिवी किसानहरुलाई बिक्षिप्त मात्र हैन आक्रोसित बनाइ प्रतिरोधका निम्ति तयारी अवस्थामा रहनु पर्ने अवस्था सृजना गरेको छ ।
बर्षातको बाढी पहिरोबाट पीडित र अहिले चिसो मौसमको सित लहरबाट कठयाग्रियर मर्नु पर्ने अवस्थाका किसानहरुलाई राहत उपलब्ध गराउन पर्ने अवस्थामा वैकल्पीक व्यवस्था समेत नगरी देशको राजधानी लगाएत देशैभरी सुकुम्वासी बस्तीहरुमाथि डोजर चलाउने राज्यको किसानमारा नीति तत्काल बन्द गर्न हामी सरकारको गम्भीर रुपमा ध्यानाकर्षण गराउन चाहन्छाँै । यदी बलजवरजस्ती गर्ने कार्य तत्काल बन्द गरिएन भने किसानहरुले प्रतिरोध संर्घषको उठान गर्ने छन् । त्यसको नेतृत्व गर्न हाम्रो संगठनले जुनसुकै मुल्य चुकाउन पनि पछि पर्ने छैन । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुनेछ भन्ने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँन चाहन्छाँै ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।