८ बैशाख २०८१, शनिबार

अखिल (क्रान्तिकारी) सुर्खेतको बैठक सम्पन्न, माघ २७ गते जिल्ला सम्मेलन गर्ने निर्णय

0

 

सुर्खेत: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति सुर्खेतको सम्मेलन आयोजक समितिको बैठक आज सम्पन्न भएको छ ।

जिल्ला व्यापी संगठनलाई विस्तार र सुदृढ गर्दै शिक्षा क्षेत्रका विकृति विरुद्ध संघर्षको उठान गर्न आगामी माघ २७ गते जिल्ला सम्मेलन गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

शनिबार सुर्खेतको सदरमुकाम विरेन्द्रनगरमा भएको अखिल (क्रान्तिकारी) को बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ध्रुव सी, जिल्ला सेक्रेटरी जीत सी र संगठनका केन्द्रिय सदस्य तुलराज सीको विशेष उपस्थिति रहेको थियो ।

भने ,बैठकले सम्मेलनको पुर्वसन्ध्यामा संगठन बिस्तार , प्रचारप्रसार र व्यवस्थापन सङ्ग सम्बन्धित कामहरुलाई घनिभुत गर्ने निर्णय समेत गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।