१२ बैशाख २०८१, बुधबार

विप्लव विरुद्धको हमला र आगामी समय

0

देशमा एकातर्फ दलालहरुको हालिमुहाली बढ्दो क्रममा रहनु, जनताको पंक्तिमा उकुस मुकुस मडारिनु, ठुलो विद्रोहको आवश्यकता र सम्भावना देखिनु तर बिद्रोहलाई नेतृत्व प्रदान गर्नुपर्ने क्रान्तिकारी पार्टीले आन्दोलनलाई बिकास गर्ने ठोस र मुर्त पहल लिई नहाल्नुले यतिबेला जनता र कतिपय पार्टीकै सदस्यहरु समेत के हुने हो त ? भन्ने प्रश्नसँगै आ–आफ्नै धारणा बनाउँदै कतै निराश र कतै उत्साहित भएको पाईएको छ ।

जनताले देख्ने र बुझ्ने गरि योजना र हाम्रा कार्यक्रमहरुको संम्प्रेषण र कार्यन्वयनमा हाम्रा अपुगताहरु रहन पुगेका छन्, जसकारण यो स्वभाविक पनि छ । तर यो निराश होईन उत्साहित हुने समय हो । किनकि यतिबेला पुरानो सत्ता संकटग्रस्त छ, यसलाई टिकाउन प्रयत्नशिल कम्युनिष्ट नामधारी र गैर कम्युनिष्ट पार्टीहरुमा संकट पैदा भएका छन् र यसलाई भत्काउंछौ भन्ने क्रान्तिकारी पार्टीहरुमा यहि समयमा समस्याहरु देखिएका छन् ।

क्वान्टम भौतिकीले यो सहमति दिन्छ कि कण र तरङ्ग द्धैधताको एकैसाथ स्थान र गतिको मापन गर्न नसकिए जस्तै– आफ्नै गतिबिधी गर्दै आएका, एकअर्कामा टकराईरहेका यि भिन्न राजनैतिक प्रवृतिको निश्चितताको मापन गर्न सकिदैन । यसलाई यसरी पनि लिन सकिन्छ कि स्थान र गतिका हिसाबले अनिश्चयमा रहेका सबै राजनैतिक प्रवृतिहरुको सामाजिक परिघटनामा रणनितीक संघर्ष पुंजिवाद कि बैज्ञानिक समाजवाद भन्नेमा नै छ ।

तर यसलाई सचेतता पुर्वक पुंजिवादीहरुले तोडमरोड गर्न खोजिरहेका छन्, जसकारण अनिश्चयताको बावजुत पेचिलो संघर्ष पनि चलिरहेकै छ । जंहा तरंङ्ग हुन्छ त्यांहा तरङ्ग समिकरण हुनै पर्दछ, न्युक्लियस केन्द्र वरिपरि घुम्ने इलेक्ट्रोन कक्षमा इलेक्ट्रोनको संभावित स्थान पुर्वानुमान गर्न सकिए जस्तै बैज्ञानिक समाजवादमा आकर्षित हुने बिशाल तरङ्ग यसको वरिपरि घुमिरहेको र यसले पुंजिवादलाई ध्वस्त गर्न ध्रुबिकरण पैदागर्ने कुराको पुर्वानुमान गर्न सकिन्छ । यसले आन्दोलनको आधी निकट भबिष्यमा निम्त्याउने कुरामा कुनै संदेह छैन । यो कुरामा पंक्तिकार बिश्वस्त छ कि आगामि समय उथलपुथलको हुनेछ ।

सामाजिक चेतना उत्पादन सम्बन्धको उपज हो । आजको उत्पादन सम्बन्धमा क्वान्टम मेकानिक्सको मुख्य प्रभाव छ । मानविय चेतना क्वान्टम दुंनिया हुंदै कृतिम वौद्धिकता (एआई) तर्फ दौड लगाईरहेको छ । समाजको उपरिसंरचनामा उल्लेख्य बदलाव आएको छ । पुंजिवादले गर्ने शोषणको तरिकाहरु बदलिएका छन् । साम्यवादीहरुले पनि पुंजिवादी शोषणबाट छुटकारा प्राप्त गर्ने तरिकाहरु खोज्नुपर्ने वा तरिकाहरु बदल्नुपर्ने आवश्यकता पैदा भएको छ ।

आजको पुंजिवादलाई परास्त गर्न एकिकृत जनक्रान्तिले समाजका बिभिन्न शाखाहरुमा ट्रान्जिस्टर फिट गर्नुपर्ने स्थिीति बनेको छ । त्यो ट्रान्जिस्टरमा क्वान्टम मेकानिक्सको छबि प्राप्त गर्न सक्नु भयो भने तपाईले एकिकृत जनक्रान्तिलाई बुझ्नु भयो ।

यिनै सारहरुलाई पकड्दै समाजको आजको चेतनालाई क्रान्तिको पक्षमा परिचालित गर्न हाम्रो पार्टीले गरेको सश्लेषणलाई समेत बिभिन्न आरोपहरु लगांउदै क्रान्तिलाई समेत अनिश्चितताको बिषय बनाईयो भनेर जनतालाई भ्रमित गर्ने रुन्चे प्रयासहरु भईरहेको पाईएको छ । यिनै कुराहरुलाई टिपोट बनाएर महासचिव बिप्लब बिरुद्धका पागल प्रलापहरु जरि छन् । यस्ता प्रयासहरु यो भन्दा अगाडीका समयहरुमा पनि हुँदै आईरहेकै थिए ।

तर, यो बुझ्न जरुरी छ कि आजको लडाई पुंजिवाद बिरुद्ध साम्यवादकै हो यहाँ सार्वभौम रुपमा रहेको बिज्ञान र यसको उत्पादन सम्बन्धमा रहेको प्रभाव र बनेको सामाजिक चेतनालाई परिचालन गर्ने बाटो पत्ता लगाईएको मात्र हो । अर्थात परिस्थितीको अनिश्चितता भित्रै हामीले रणनितीक निश्चिितता प्राप्त गर्नेछौं–त्यो साम्यवाद हो । यसको निम्ति हामिले एकिकृत जनक्रान्तिलाई ठिक ढंगले बुझ्न र लागु गर्न एक कसर पनि बाकी राख्न हुंदैन ।

यतिमात्रै पनि होईन पार्टी आन्दोलन बिरुद्ध भैरहेका चौतर्फी घेराबन्दि, षड्यन्त्र र अमेरिकन दलालहरुको हमलालाई मलजल गर्न र उकास्न पार्टी भित्रै जन्मिन पुगेका लिन प्याओवादीहरु, दिमाग सन्तुलित नभएका उटपट्याङ भ्रान्तिवादीहरुले र्याल सिंगान काडेर महासचिब बिप्लव र एकिकृत जनक्रान्ति बिरुद्ध निरन्तर जारी राखेका फोस्रा हमलाहरुले पनि जनताको पङ्तीलाई सिंगो आन्दोलनप्रति केहि हदसम्म भ्रमित गर्ने काम गर्यो ।

यसले उनिहरुको बहुला आत्मरतिमा केहि हलुका हावा पक्कै दिएको होला तर उनिहरुको धरातलमा रातो होईन कहिलै उक्सन नसक्ने षड्यन्त्रको गहिरो र कालो खाडल परेको कुरा हरेक देशभक्त र कम्युनिष्ट दृष्टिकोण प्रति स्पष्ट एउटा नागरिकले सहजै ठम्याउन सक्छ । यसले क्रान्तिको होईन प्रतिकृयावादी कुपमण्डुकहरुका षड्यन्त्रहरुलाई उल्लेख्य मद्धत पुर्याउने काम गरेको छ ।

दलाल सत्ताले भिषण दमन गरेको बेला जनतालाई यो बलिदान गर्न सक्ने पार्टी हो भनेर चिनाउनु पर्ने समयमा विभिन्न बाहाना बनाएर भागेका भगौडा, काठमाण्डौका गल्ली चाहारेर गुजारा गर्ने, ठुलाठुला क्रान्तिका गफ हांक्दै पार्टीको नाम बेचेर धनकुवेर बन्दै आएका एक हुल हुतिहाराहरुको साहारामा अलग पार्टी बनाउने र यो देशमा क्रान्तिको ढोङ्ग पिट्ने एक दुई पुर्व नेताहरुको बुद्धि देखेर त झन लाज र दया लागेर आउछ । यस्ता कार्टुन अखबारहरु वास्तबमा यो देश र कम्युनिष्ट आन्दोनमा बिकसित हुंदै आएका सबै भन्दा ठुला रोग हुन, जसको उपचार भने सामन्य छ जो ,हाल समयलाई छाड्न नै उपयुक्त हुनेछ ।

त्यसैले, पागलहरुको एउटा झुण्डको चित्कारले काठमाण्डौंका सडकलाई फोहोर पारीरहेको छ–उनिहरुलाई याद होस एक दिन त्यो फोहोर आंफै साफ गर्नुपर्ने छ, जतिबेला उनिहरु संग फोहोर साफ गर्ने समय नहुन सक्छ । किनकि आज उनका यी व्यबहारहरु क्रान्तिका प्रतिकुल छन्, साम्राज्यवादीहरु हास्ने र रमाउने खालका छन् ।

देशमा यतिबेला जनताले यो पुंजिवादी संसदीय ब्यवस्थाबाट बिकल्प खोजेका छन् । अमेरिकन दलालहरुले सुबिचारित ढंगले मुख्य बहस बैज्ञानिक समाजवाद कि संसदीय पुंजिवाद भन्ने बिषयलाई गुमारोहमा पार्न बिभिन्न चालहरु चल्दै आईरहेको छ । पछिल्लो चाल रबि लामिछाने, सिके राउत, र कंग्रेस संसदीय दलको नेतामा पराजित हुने जान्दा जान्दै गगन थापालाई स्थापित गर्न गरिएको प्रयास आदी हुन ।

हामीले संचालन गरेको आन्दोलन र सरकार संग भएको तिन बुंदे सहमति भित्र हामिले शान्तिपुर्ण तवरले नै रणनितीक बहसलाई आमने सामने गर्न सक्छौं वा प्रयत्न गरेर हेर्नु पर्छ भन्ने हाम्रो ध्यय थियो । हाम्रो पार्टीका महासचिबको छलफल, हाम्रा प्रयत्नहरु र देशैभरि चलेको बहसले एउटा तरङ्ग आईरहेकै थियो ।

सरकार तिनबुंदेलाई कार्यान्वयन गर्नुको साटो हाम्रो आन्दोलनले पैदा गरेको बललाई मत्थर गर्दै आफ्ना दलालहरुलाई अगाडी सारेर नेपाली जनतालाई भ्रमित गर्ने अमेरिकी स्वार्थको कठपुतलि बनिरह्यो । यसले राजनितीक तवरले हामिले शान्तिपुर्ण रुपमा खोजेको समाधानको बिधीलाई धेरै परको बिषय बनाईदिएको छ । मुख्य कुरा राजनितीक कुरा नै हो। हामि माथि थोपरीएका झुट मुद्धा राजनितीक मुद्धा भन्दा अलिकति कम महत्वका बिषय हुन् ।

अमेरिकी स्वार्थमै हौसिंदै आएको सरकारको ब्यवहारले स्पष्ट गरेको छ कि तिनबुंदेको औचित्य समाप्त भैसकेको छ । अब कि त सरकारले वा हाम्रो पार्टीले यो सहमतिको औचित्यता नरहेको घोषणा गर्नु पर्ने छ ।

अमेरिकन स्वार्थ अनुसार नै प्रचण्डलाई रातारात प्रधानमन्त्री बनाईएको छ । अहिलेको सरकारले अमेरिकी स्वार्थ अनुसार काम गरिदीनु पर्नेछ । एमसिसि, एसपिपि लाई नेपालमा लागु गर्नु नै अमेरिकाको मुख्य काम हो । यिनै कामहरुद्धारा नेपालमा संसदवादी कम्युनिष्टलाई समेत बदनाम गरेर सक्ने र त्यही कभरमा अमेरीकन स्वार्थमा संचालित योजना बिरुद्ध संघर्ष गरिरहेका सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई समेत बदनाम गर्ने, दमन गर्ने यस्तो योजना अगाडी बढाउन सक्ने देखिन्छ ।

सरकार भित्रैबाट सरकारको बिरोध गराउने, कार्यकारी राष्ट्रपतिको बिषयलाई उचाल्ने, संघियता खारेजीको मागलाई चर्काउने, राजाको मुद्धा उचाल्ने, मधेसका मुद्धाहरु समेत उचाल्ने र एउटा कृतिम आन्दोलन खडा गर्ने र त्यही आन्दोलन मार्फत कार्यकारी राष्ट्रपतिको नाममा भ्लादिमीर

जेलेन्सिकीको जन्म गराउने र सत्ताको चाबि आफ्नै हातमा राख्दै निर्वाध रुपमा नेपालमा अमेरीकीहरुले परेड खेल्ने योजनाको समेत पुर्वानुमान गर्न सकिन्छ । यसो गर्दा अहिले महासचिब बिप्लबको बिरुद्धमा घांटीको नसा फुलाई फुलाई बोल्नेहरुको, अर्थात केहीको राष्ट्रपतिमा उठ्ने सपना पनि पुरा हुन सक्छ । अहिले नेपालमा रहेको ब्यवस्था बारेको मुख्य बहसलाई मोड्न सकिने र क्रान्तिकारी पंतिmलाई नामेट गर्न सकिने मात्रै होईन नेपालबाट कम्युनिष्ट नामको बिउ नै मास्न समेत सफलता मिल्न सक्ने बिषयलाई अमेरिकीहरुले नहेरी बसेका होलान भनेर मान्न सकिन्न ।

आजको लंडाई मुख्य गरेर अमेरीकी स्वार्थ बिरुद्धकै लंडाई हो । नेपालका देशभक्त, प्रगतिशील, सच्चा लोकतन्त्रबादी र क्रान्तिकारीको बिच बृहत ध्रुबिकरण यतिबेलाको आवश्यकता हो । यो देशमा मात्र होईन आजको बिश्व नै पुंजिवादी शोषणबाट छुटकारा पाउन चाहान्छ । यसको निम्ती लुटेरा पुंजिवादी आर्थिक प्रणालिको अन्त्य र बैज्ञानिक समाजवादको स्थापना अपरिहार्य छ ।

बैज्ञानिक समाजवादी सत्ता स्थापनाको निम्ती सचेतता पुर्वक लडीरहेको पार्टी नेपालमा हुनु र नेपालमा कम्युनिष्ट जनमत हुनु पुंजिवादी बिश्वको निम्ती चुनौति हो । उनिहरु यो चुनौति पन्छाउन चाहान्छन् । उनिहरु यसको निम्ती क्रान्तिकारी पङ्तीलाई फुटाउने, कम्युनिष्ट नामलाई समेत बदनाम गर्ने, कम्युनिष्ट नेतृत्वलाई बदनाम गर्ने, समाजलाई भांड्ने यस्ता गतिबिधि गर्न तल्लीन हुन्छन । नेपालमा आज उनिहरु यस्तै गतिबिधी गरिरहेका छन् ।

एमसिसि, एसपिपि नेपालमा लागु हुने अमेरिकी सत्ता हो, उनिहरु यो सत्ता मार्फत नेपाललाई लुट्न र पुंजिवादको आयु बढाउने आफ्नो प्रोजेक्टलाई संचालन गर्दै छन् । यसको बिरुद्ध नेपाली जनताले राष्ट्रिय स्वाधिनताको संघर्ष संचालन गर्नुपर्ने छ । र आफ्ना दुखहरुबाट मुक्त हुनलाई घनिभुत बर्ग संघर्ष संचालन गर्नु पर्ने छ ।

आजको नेपालमा दलाल पुंजिवादी संसदीय सत्ता र यसका गोटी संसदवादीहरुलाई ध्वस्त गर्ने संघर्षको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गरीरहेको छ । देश र जनताको पक्षमा निर्भीकतापुर्वक लडिरहेको पार्टी र नेतृत्व बिरुद्ध भयानक षड्यन्त्रहरु भईरहेका छन् । बिचारमा, राजनितीमा, संघर्षमा, संगठनमा, आर्थिक लगायत बिभीन्न क्षेत्रहरुबाट नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्व बिरुद्ध बाहिर, भित्र सबै क्षेत्रहरुबाट हमलाहरु जरी राखीएको छ।भित्रैबाट हमलाहरु गराईएको छ । ति हमलाहरु निक्कै निकृष्ट र आपराधिक थिए । एकदिन जनताको अदालतले सबै बिषयको फैसला लिनेछ ।

हाम्रो पार्टीको नवौं महाधिवेशले गरेका शंस्लेषणहरु यो युगलाई नेतृत्व दिने दार्शनिक हतियारहरु हुन् । एकदमै नंया कुरा यति सहजै यो आम जगतमा प्रष्ट हुने र सहजै बुझ्न सकिने बिषय होईन । हाम्रो पार्टीले यसलाई ब्यवहारिक प्रयोगमा लैजाने छ र यसका आम दार्शनिक मान्यताहरुलाई सबैले बुझ्ने र प्रयोगमा लैजान सक्ने बनाईने छ । यसमा हामी सबैले धैर्यतापुर्वक, संयमतापुर्वक र धेरै सचेत भएर आफ्नो भुमिकाहरुलाई पुरा गर्नु पर्नेछ ।

उटपट्याङ कुरा गर्नु, दुईचार हतियार पड्काउनु, एक दुई घटना घटाउनु र क्रान्तिकारी रोमान्टिसीजम गर्नु ,क्रान्ति होईन यो आवेगात्मक अपराध हो । सिंगो देशलाई लड्ने बनाउनु र परिस्थिीतिलाई आफ्नो पहलमा लिंदै जनताको सत्ता बनाउनु क्रान्ति हो ।
र, त्यो काम एकिकृत जनक्रान्तिले गर्नेछ । पङ्ती कार बिश्वस्त छ आगामि नेपालमा धु्रविकरणको एउटा केन्द्र बैज्ञानिक समाजवाद हुनेछ र त्यसलाई नेतृत्व प्रदान गर्न कम्युनिष्ट आन्दोलनका आधारभुत सर्तहरु जसले पुरा गर्न सकेका छन्, जनताले जसलाई पत्याउंछन, जसले आंफुलाई सम्हाल्न सकेको छ, जसले मित्र र शत्रु छुट्याएर ब्यवहार गर्न जानेको छ , जो संग बिचार र शिपले पोख्त लडाकु युवाहरु छन्, जो जनताबाट रुचाईएको छ, जसले नंया संभावनाहरुलाई पकड्न सक्छ र जोसंग युगले जन्माएको नेता छ उसैले नेतृत्व गर्ने हो ।

अमेरिकन दलालहरुको खतरनाक षड्यन्त्र चलेको यो समय आंफुलाई चिन्नु, सच्याउनु र क्रान्तिकारी एकता, देशभक्तहरु बिच एकता कायम गर्न भुमिका खेल्नु एउटा सच्चा मान्छेको काम हो । यो बेला देश र जनतालाई माया गर्नेहरु निराश होईन ,उत्साहित हुने बेला हो ।

हामिले के गर्दा नंया गर्न सकिन्छ ? हाम्रा कामहरु कसरि ट्रान्जिस्टर जस्तो बनाउन सन्छि ? हाम्रो ब्यवहारहरु कसरि जताततै हलचल ल्याउन सक्ने बनाउन सकिन्छ ? हामिले हाम्रो शक्तिका प्रत्येक ईकाईहरु जोडेर कसरि प्रकाशको गतिमा परिणामहरु निकाल्न सक्छौं ? पुंजिवादको शोषणकारी साम्राज्यको भ्रमबाट जनतालाई कसरि मुक्त गर्ने र पुंजिवादका हरेक ईकाई माथि धावा बोल्ने ? हामिले कसरि उत्पादन गर्ने ? हामीले कसरि कम्युनिष्ट बन्ने र आजको युगको कम्युनिष्ट कस्तो हुने ? यो युगको दिशा बदल्न हामीले हरेक समय यस्ता विविध प्रश्नहरुको जन्म गराउने र समाधान खोज्ने प्रयत्न गरिरहनु पर्छ ।

पार्टीको नवौं महाधिवेशनका सश्लेषणहरुलाई समृद्ध गर्न त्यसको ब्यवहारिक जिवनको गति समात्नै पर्छ । चाहे त्यो जतिसुकै निर्मम किन नहोस, त्यसले हाम्रो ज्यान नै किन नलियोस ।हामीले हाम्रा सश्लेषणहरुलाई प्राणित गर्न जोखिम मोल्नै पर्छ । हाम्रो पार्टी तयार छ, हाम्रो कांधमा युग प्रर्वतक बन्नु पर्ने जिम्मेवारी छ । हामी सक्छौं जित्न र निर्माण गर्न बैज्ञानिक समाजवाद ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।