१४ बैशाख २०८१, शुक्रबार

नेकपाको नारावाजीकै बीच दुई कार्यकर्ता अस्पतालबाटै पक्राउ, रिहा नगरे कडा संघर्ष गर्ने चेतावनी

0

बाँके: नेपाल कम्युनिष्ट पार्टी बाँकेको विरोधका बीच दुई कार्यकर्तालाई अस्पतालको शैयाबाटै बाँके प्रहरीले पक्राउ गरेको छ । मंगलवार नेपालगंजको नर्सिह होम मेडिकल कलेजको उपचार कक्षबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
नेकपाको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) का बाँके जिल्ला अध्यक्ष डिल्ली क्षेत्री र नेकपाका जिल्ला सदस्य धर्मराज सुनारलाई प्रहरीले अस्पतालको उपचार कक्षबाटै पक्राउ गरेको नेकपा बाँकेले जनाएको छ ।
नेकपाका दुवै जना कार्यकर्ता दलालसत्ताले मंसिर ४ मा आयोजना गरेको संसदीय चुनावको खारेजी अभियान अन्तरगत पार्टी काममा लागेका थिए ।
सोही क्रममा विद्यार्थी अध्यक्ष डिल्ली क्षेत्रीको नेपालगंजको भृकुटीनगर स्थित कोठामा खाना पकाउने क्रममा प्रेसर कुकर विष्फोट हुँदा कार्तिक ३० गते बुधबार राती साढे ८ बजेतिर दुवै जना घाईते भएको नेकपाले दावी गरेको छ ।
उता प्रहरीले भने चुनाव खारेजी अभियानमा तर्साउने हिसावले विष्फोट गराउने बम बनाउने क्रममा विष्फोट हुँदा उनीहरु दुवै जना घाईते भएको र नियन्त्रणमा लिएको बताएको छ ।
प्रहरीले बम विष्फोटको मुद्धा चलाउने तयारी गरेको बुझिएको छ । नेकपाले भने सरकारले तीन बुँदे सहमति गरी नेकपाका सबै  नेता कार्यकर्ता जेलबाट छोड्ने सहमति गरेको वेला सामान्य कुरामा मुद्धा बनाएर जेल हाल्न खोज्नु सहमति उल्लंघन गरेको मानिने बताएको छ । नेकपाले मुद्धा नचलाउन र राजनैतिक सहमतिको आधारले रिहा गर्न माग गरेको छ ।
घाईते दुवै जनाको नेपालगंज मेडिकल कलेजमा उपचार भईरहको थियो । अस्पताल श्रोतका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सुधार हुन अझै केही दिन लाग्ने भएपनि प्रहरीले डिस्चार्ज गर्न लगाएर अस्पतालकै शैयाबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासत पुर्याएको छ ।
यस घटाना विरुद्ध आपत्ति जनाउदै नेकपा बाँकेले अस्पतालको गेट अगाडि विरोध प्रर्दशन गरेको छ । निर्दोष कार्यकर्तामाथि अनावश्यक दु:ख दिने काम प्रहरी प्रशासनले गरेको भन्दै नेकपा बाँकेले प्रहरी क्रियाकलापको चर्को विरोध गर्दै कार्यकर्ता रिहाको माग गरेको छ ।
यस्तै अखिल (क्रान्तिकारी) भेरी कर्णाली समितिले समेत एक विज्ञप्ति जारी गरि प्रहरी प्रशासनको चर्को विरोध गर्दै आफ्नो संगठनका बाँके अध्यक्ष क्षेत्री लगायत दुवै जनालाई रिहा गर्न माग गरेको छ ।
अखिल भेरी कर्णालीका इन्चार्ज धनजित महरले एक प्रेस विज्ञप्ति जारी गरि प्रहरी प्रशासनको दमन र झुट्टा मुद्धा लगाउने मनसाय नरोके कडा आन्दोलन गर्ने चेतावनी समेत दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।