१५ चैत्र २०८०, बिहीबार

जित बहादुर खड्का नेपाल कम्युनिस्टमा प्रवेश

0

आफ्नो जीवनकालमा पूरा समय निजामती कर्मचारीमा काम गर्दै हाल सेवानिवृत्त त्रियुगा नगरपालिका ३ नम्बर वडाका जित बहादुर खड्का नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उहाँलाई एक कार्यक्रममा जिल्ला इन्चार्ज, सेक्रेटरीले स्वागत गरी पार्टीमा प्रवेश गराएका थिए ।
उहाँ लामो समयसम्म निजामती कर्मचारीमा काम गर्दै आएका र हिजो दश वर्ष जनयुद्धमा नेपाल कम्युनिस्ट पार्टी माओवादीमा आबद्ध भएर काम गर्दै आएको र माओवादीको नाममा अहिले दलालहरुले लुटि खाने भाडो बनाएर आज देशमा ठुलो संकट आई पर्दा पनि सत्ता र कुर्सीको लोभमा आफ्नो इतिहासलाई बिर्सेर दलाल संसदीय व्यवस्थालाई नै मलजल हुने गरि आज आफै दलाल र भ्रष्टाचारमा लिप्त भएर सहिदको रगतको अपमान गर्दै देशलाई नै विदेशी करण गर्न लिप्त भएका प्रचण्डले अब क्रान्ति गर्न नसक्ने भन्दै उहाँ हिजो एक कार्यक्रमको बिच नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए । उहाँलाई पार्टीमा स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उदयपुर ओखलढुंगा जिल्लाका जिल्ला इन्चार्ज र जिल्ला सेक्रेटरीले अबिर खादा लगाएर पार्टीमा प्रवेश गराएका थिए ।

सोही कार्यक्रममा जिल्ला इन्चार्ज विवेक सी ले जतिसक्दो छिटो सामाजिक दलाल संसदीय व्यवस्थाको समुलनस्ट गरी वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्नुपर्ने भएकोले सिंगो देश एकीकृत जनक्रान्तिमा हुमिनुपर्ने धारणा राखेका थिए र जित बहादुर खड्काले समयमै बुझेर पार्टी प्रवेश गरेकोमा धन्यवाद दिदै स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।