१४ बैशाख २०८१, शुक्रबार

म समाजवादी हुँ!

0

______________________✍कविता

तिमी भन्छेउ डाक्टर प्यारो,
किनकी उनले सयौंको ज्यान बचाउँछन् ।
म भन्छु, किसान पनि प्यारो,
किनकी उनले हजारौंको भोक मेटाउँछन् ।।
अब भन डाक्टर प्यारो कि किसान?
मलाई!
मेरो ज्यान बचाउने डाक्टर नि प्यारो लाग्छ,
हजारौंको भोक मेटाउने किसान नि प्यारो,
म दुबैलाई प्यारो देख्छु ।
किनकी,म समाजवादी हुँ !

तिमी भन्छेउ इन्जिनियर राम्रो,
किनकी उनी घर बनाउँछन्,सडक बनाउँछन्, पुल बनाउँछन् ।
म भन्छु, मजदुर पनि राम्रो ,
किनकी उनी संसार बनाउँछन्,संसार सजाउँछन् ।।
अब भन इन्जिनियर राम्रो कि मजदुर?
मलाई!
नक्सा कोर्ने इन्जिनियर नि राम्रो लाग्छ,
संसार सजाउने मजदुर नि राम्रो,
म सबैलाई राम्रो देख्छु ।
किनकी,म समाजवादी हुँ!

तिमी भन्छेउ महलको मालिक ठुलो,
किनकी उनी गगन चुम्ने महलमा बस्छन् ।
म भन्छु,झुपडीको मानिस नि ठुलो,
किनकी उनी पौरख खियाएर बाँच्न सक्छन्।।
अब भन मालिक ठुलो की झुपडीको मानिस?
मलाई!
गगन चुम्ने महलको मालिक नि उत्रै लाग्छ,
आफ्नो पौरख खियाउने  मानिस नि उत्रै,
म सबैलाई समान देख्छु ।
किनकी,म समाजवादी हुँ!

तिमी भन्छेउ फिलिमको मोडेल सुन्दर,
किनकी उनी ब्राण्ड एम्बेसडर हुन्,टिभीमा आउँछिन्।
म भन्छु,गाउँ कि चेली नि सुन्दर,
किनकी उनी छिमेकीलाई निस्वार्थ सघाँउछिन्, गाउँमा रमाउँछिन् ।।
अब भन मोडल सुन्दर कि गाउँ कि चेली?
मलाई!
सहर कि मोडेल नि सुन्दर लाग्छ,
गाउँ कि चेली नि सुन्दर,
म दुबैलाई सुन्दर देख्छु।
किनकी,म समाजवादी हुँ!

तिमी भन्छेउ शिरमा टोपी सुहाउँछ,
किनकी शिरको टोपीले सगरमाथाको उचाइ दर्शाउँछ।
म भन्छु, धोती नि सुहाउँछ,
किनकी मधेसको धोतीले तराईको फाँट झल्काउँछ।।
अब भन टोपि सुहाउँछ की धोती?
मलाई!
टोपी नि सुहाएको लाग्छ,
धोती नि सुहाएको ,
म मधेसी पहाडी उस्तै देख्छु।
किनकी,म समाजवादी हुँ!

तिमी भन्छेउ जजमान गर्ने ब्राह्मण ज्ञानी,
किनकी उनी रामायण पढ्छन्,गिता पढ्छन्,ठुलो विद्वान हुन्।
म भन्छु,कलाका धनी दलितहरु पनि ज्ञानी,
किनकी उनी औजार बनाउँछन्,लुगासिलाऊछन्,कलाका धनी छन्।।
अब भन ब्राह्मण ज्ञानी कि दलित?
मलाई!
जजमान गर्ने ब्राह्मण नी विद्वान र ज्ञानी लाग्छ,
औजार बनाउने,लुगा सिलाउने, दलित नी ज्ञानी,
म जात चिन्दिन, सबैलाई ज्ञानी देख्छु।
किनकी,म समाजवादी हुँ!

तिमी मान्छे कजाउनेलाई ठुलो देख्छौ,
म पसिना बगाउनेलाई ठुलो देख्छु।
तिमी!
कसैलाई ठुलो देख्छौ कसैलाई सानो,
कसैलाई नराम्रो देख्छौ कसैलाई राम्रो।
म!
सबैलाई समान देख्छु,
सबैलाई समान बनाउँन चाहन्छु।
किनकी,म समाजवादी हुँ!

२०७९\९\२२
दाङ,


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।