१३ बैशाख २०८१, बिहीबार

पाल्पा बस दुर्घटनाका मृतकप्रति नेकपाद्वारा शोक व्यक्त, घाइतेहरुको उपचारसहित क्षतिपूर्तिको माग

0

पाल्पा: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले जिल्लाको ढोरपाटन सडक खण्ड अन्तर्गत सालझण्डी खुर्सानेमा बिहीबार भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेहरुप्रति दु:ख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उनीहरुको उपचारको व्यवस्था गर्न माग गरेको छ।
नेकपा पाल्पा कि इन्चार्ज अपेक्षा र जिल्ला सेक्रेटरी नेपालद्वारा शुक्रबार हस्ताक्षरित शोक वक्तव्यमार्फत नेकपाले यस्तो माग गरेको हो।

वक्तव्यमा सम्बन्धि निकायको लापरबाही र सडकको स्तरोन्नति गर्ने कुरामा राज्यको कमजोरीका कारण बारम्बार यस्ता घटना दोहोरिएकोप्रति सम्बन्धित निकाय र आम सर्वसाधारणले सावधानी अपनाउन समेत भनिएको छ।

नेकपा पाल्पाले जारी गरेको शोक वक्तव्यमा भनिएको छ:”मिति २०७९/९/२१ गते बेलुका करिब १०:१५ बजे पाल्पा रैनादेवी छहरा गाउँपालिका ८ टाढी झालझण्डी ढोरपाटन सडक खण्डमा सालझण्डीबाट खुर्साने तर्फ आउँदै गरेको ग १ ख४९७७ नम्बरको वस दुर्घटना भएको खबरले हाम्रो पार्टीलाई सार्है मर्माहत बनाएको छ।-

दुर्घटनामा परि- निर्मला घिमिरे, सरुमाया घिमिरे, खिमा कुमारी राना, गुना कुमारी राना, दाना कुमारी खत्री र विमा पाण्डेय सहित ६ जनाको दुखद निधन भएको छ भने १८ जना घाइते हुनुभएको छ।उक्त घटनामा मृत्यु हुनेहरु प्रति हाम्रो पार्टी शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्दछ।”

यस्तै विज्ञप्तीमा जनाइएको छ,-घटनामा परि घाइते हुनु भएकाहरुको उचित उपचार र क्षतिपूर्ति सहित राहतको व्यवस्था गर्न माग गर्दछौँ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।