१६ चैत्र २०८०, शुक्रबार

नेकपा राेल्पा र अखिल नेपाल जनसांस्कृतिक महासंघद्वारा हिमालकाे निधनप्रति दु:ख व्यक्त

0

नेपाल कम्युनिस्ट पार्टी रोल्पाले पार्टीका जिल्ला समिति सदस्य एवं अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रिय समिति संगठनका केन्द्रिय समिति सदस्य हिमाल सीको मंगलबार भएको असमायिक दुःखद निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीका जिल्ला सेक्रेटरी असिनाले शाेक वक्तव्य जारी गरि हिमालकाे निधनले पार्टी आन्दोलनलाई अपूरणीय क्षति पुगेको  भन्दै दु: ख व्यक्त गरेका छन् । साथै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यसैबीच अखिल नेपाल जनसांस्कृतिक महासंघले महासंघ केन्द्रिय समिति संगठनका केन्द्रिय समिति सदस्य हिमाल सीको मंगलबार भएको असमायिक निधनप्रति दुःख व्यक्त गरेको छ । संङ्गठनका अध्यक्ष माइला सी र महासचिव कुशल सीले बुधबार एक वक्तव्य जारी गर्दै हिमाल नेकपा (माओवादी), १० वर्षको महान् जनयुद्ध,०६२/०६३ पछिको माओवादी पार्टीको तत्कालीन नेतृत्वमा आएको राजनीतिक विचलनका विरुद्ध दुई लाइन सङ्घर्ष र नेकपा निर्माण एवं एककिृत जनक्रान्तिमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको भन्दै हिमाल सीको असमायिक निधनले जनसांस्कृतिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको  भन्दै स्तब्ध बनाएको बताएका छन् ।

वक्तव्यमा दिवंगत हिमाल सीप्रति अखिल नेपाल जनसांस्कृतिक महासंघको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन एवं आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।

हिमाल सीको पुस २६ गते रोल्पाको सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर मृत्यु भएको हो ।

वक्तव्यको पूर्ण पाठ : 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।