१३ बैशाख २०८१, बिहीबार

महासचिव विप्लवद्वारा जनकलाकार हिमालको निधनप्रति दु:ख व्यक्त

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले असामयिक रुपमा निधन हुनु भएका हितलाल पुन ‘हिमाल’प्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेको छ ।
पार्टीका महासचिव विप्लवले बिहीबार एक शोक वक्तव्य जारी गर्दै हिमालको निधनप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

महासचिव विप्लवले हितलाल पुन ‘हिमाल’ एक इमान्दार क्रान्तिकारी, प्रतिभावान जनकलाकार र याेद्दा भएको भन्दै उनको निधनले पार्टी, आन्दोलन र क्रान्तिमा क्षति भएको बताएका छन्।

महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ :”हाम्रो पार्टी रोल्पा जिल्ला कमिटी सदस्य, अखिल नेपाल जनसास्कृतिक महासंघ केन्द्रिय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक कमरेड हितलाल पुन(हिमाल )को यहि पौष २६ गते असामयिक र दुखद निधन हुन गएको छ। पार्टी, क्रान्ति र जनताका एकजना इमानदार, प्रतिबद्ध र प्रतिभावान जनकलाकार कमरेड हिमालको निधनले हामीलाई स्तब्ध र दुखी बनाएको छ।

रोल्पा जिल्ला सुनछहरी गाउँपालिका वडा न ५ जैमाकसला, पोवाङ्गमा आमा धनिसरा पुन र बुवा लाल बहादुर पुनको कोखबाट जन्मिनु भएका कमरेड हिमाल बिगत २०५७ साल देखि पुर्णकालिन कार्यकर्ताको रुपमा वर्गसंघर्षमा निरन्तर क्रियाशील रहदै आउनु भएको सच्चा क्रान्तिकारी हुनुहुन्छ ।

एउटा क्रान्तिकारी याेद्दाको दुखद निधनप्रति उच्च सम्मानसहित पार्टी श्रद्धाञ्जली व्यक्त गर्दछ। साथै यस दुखद घडीमा रहनुभएका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।”

महासचिव विप्लवद्वारा जारी शोक वक्तव्यको पूर्ण पाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।