६ बैशाख २०८१, बिहीबार

हिकलाल पुनमगर हिमाल सीको श्रद्धाञ्जली सभा सम्पन्न

0

रोल्पा: नेपाल कम्यूनिस्ट पार्टी रोल्पाले जिल्ला कमिटी सदस्य हिमाल सीको श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । सभा हिमाल सीकै घर सुनछहरी–५,पोबाङमा सम्पन्न भएको हो । नेकपा केन्द्रीय समिति सदस्य एवं रोल्पा जिल्ला सेक्रेटरी असिना सीको अध्यक्षतामा भएको श्रद्धान्जली सभामा नेकपाका केन्द्रीय सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज जागृति सी को प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका वैकल्पिक केन्द्रीय सदस्य प्रयास सी केन्द्रीय प्रतिनिधि सदस्यहरु विश्लेषण सी, टिकाराम सी, नेपाली काङग्रेसका निवर्तमान रोल्पा जिल्ला सभापति कृष्ण घर्तीमगर, निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मान बहादुर खत्री, उद्योग वाणिज्य संघ रोल्पाका उपाध्यक्ष मिलन रोकामगर, सुनछहरी गाउँपालिका वडा नं. ७ का अध्यक्ष राज बहादुर रोका, वडा नं. ३ का अध्यक्ष उदविर घर्तीमगर, वडा नं. ४ का अध्यक्ष हर्कराम बुढामगर, वडा नं. १ का अध्यक्ष धर्बेन्द्र रोकामगर, निर्माण व्यवसायी संघका सचिव रमेश बुढामगर, नेपाल रेडक्रस सोसाइटी पोबाङ उपशाखाका सभापति खिम बहादुर विष्ट, नेपाल मगर संघका अध्यक्ष रेशम पुनमगर, दीपज्योति बचत तथा ऋण सहकारी संस्था लि.पोबाङका सचिव वीर बहादुर विष्ट, देवि मन्दीर माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन पुनमगर लगायतको आतिथ्यता रहेको थियो । यस्तै नेकपाका सुनछहरी गाउँ कमिटि सेक्रेटरी सुलभ सि इलाकाका अन्य सदस्यहरु, लुङरी गाउँ कमिटि सेक्रेटरी श्रवन, जिल्ला सदस्यहरु झिल्कु सी, भुपेन्द्र सी, अखिल (क्रान्तिकारी) का जिल्ला उपाध्यक्ष सिजकुमार सी, जनपत्रकार संगठनका हर्क सी, स्थानिय विभिन्न संघ संस्था कार्यालय, पार्टी स्थानिय लगायतको सहभागितामा भएको सभाको सन्चालन नेकपा सुनछहरी गाउँ कमिटिका इन्चार्ज हेमन्त सीले गरेका थिए ।
को हुन् हिमाल सी ?
विक्रम सम्बत २०३७ साल मंसिर ८ गते बुवा लाल बहादुर पुनमगर र आमा धनिसरा पुनमगरको कोखबाट जेठा छोराका रुपमा जन्मिएका हिमाल सानै उमेर देखि सामाजिक कुसस्कार र अन्याय अत्याचारको अन्त्य र समुन्नत समाज निर्माण गर्नुपर्छ भन्ने चेट बोकेर हिडेका उनी एक राजनैतिक सामाजिक सांस्कृतिक योद्धा हुन् । उनका नजिकैका दाई धनलाल पुमागरका अनुसार उनी कहिलै पनि व्यक्तिगत लोभलालचमा लागेनन् । आजका दिनसम्म सामाजिक अभियानमै आफ्नो जिन्दगी व्यतित गरे । उनी अगाडि थप्छन् सुनछहरी गाउँपालिका स्थापना गर्दा होस् या पालिकाको लागि जग्गा तथा बाटो लगायत संरचना निर्माण गर्दा होस् अरुले खुकुरी लिएर कात्छौँ भन्दा समेत आफ्नो ज्यानको बाजी राखेर लागि परे । यस्तै प्रमुख अतिथि जागृति सीले हिमाल बहुआयामिक क्षमता भएका मान्छे हुन् । यस्ता मान्छेहरु यो धर्तीमा कमै मात्रामा जन्मिन्छन् । उनले जनयुद्ध हुँदै हालको एकिकृत जनक्रान्तिसम्म विशेष त सांस्कृतिक मोर्चालाई बलियोसँग अगाडि बढाएको चर्चा गरे । यस्तै सभाका अध्यक्ष असिना सी ले हिमाल पार्टीको लागि कुशल योद्धा, परिवारका लागि कुशल अभिभावक, समाजका लागि असल सामाजिक अगुवा, शिक्षा क्षेत्रका लागि एक कुशल शैक्षिक अभियान्ता, सांस्कृतिक क्षेत्रका लागि कुशल सहकर्मी, दाजुभाईका लागि एक असल साथीलाई गुमाउनु पर्दा सबैले क्षति व्यहोरेको बताए । नेपालमा चलेको १० वर्षे जनयुद्धका समयमा सानै उमेर देखि कलाकारितामा प्रवेश गरेका हिमाल बैदेशिक रोजगारमा मलेसियामा रहदा समेत सांस्कृतिक जागरण अभियानमा समाहित थिए । यस्तै शान्ति प्रकृया पश्चात नेपाल आएका हिमालले बजुधुरी नामक युवा क्लव गठन गरी समाजमा गीत संगीत र नाटकमार्फत चेतना फैलाए । यस्तै माओवादी नेतृत्वमा भएको विचलन पश्चात महासचिव विप्लवले नेतृत्व गरेको नेकपामा क्रियाशिल हुदै क्षतविक्षत भएको जलजला जनसांस्कृतिक परिवार गठन गरेरर क्रान्तिको विगुल फुक्दै हिडे । यसै दौरानमा २०७४ सालमा रोल्पा सदरमुकाम लिबाङबाट गिरफ्तार परि प्रहरी हिरासत र कारागारमा समेत लामो समय बिताए । यसका अलावा सुन्दर निर्माण सेवा नामक व्यवसायिक फर्म सन्चालक समेत रहेका उनी निर्माण व्यवसायकै कार्यबाट फर्किदै गर्दा २०७९ पौष २६ गते भिरबाट लडेर सदाका लागि अस्ताए ।
हिमाल सीको सांगठनिक तथा पारिवारिक संरचना
हिकलाल पुनमगर हिमाल सी नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सदस्य तथा पार्टी निकट जनसांकृतिक महासंघका केन्द्रीय सदस्य एवं लुम्बीनी प्रदेश कमिटिको अध्यक्ष थिए । यस्तै देवि मन्दीर माध्यमिक विद्यालय सुछहरी–५,पोबाङ,बजुधुरी यूवा क्लव पोबाङ र दीपज्योति बचत तथा ऋण सहकारी संस्था लि. सुनछहरी–५,पोबाङका अध्यक्ष थिए । यस्तै नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङका पूर्व कार्यसमिति सदस्य एवं आजिवन सदस्य र मगर संघ सुनछहरी गाउँपालिकाका पूर्व सल्लाहकार थिए । हिमालको घरमा हाल आमा धनिसरा पुनमगर २ श्रीमतिहरु पेमा पुनमगर र गिता पुनमगर दुई भाइ छाराहरु र एक छोरी छन् । यस्तै कान्छा भाई राम बहादुर पुनमगरको पनि केहि वर्ष अगाडि जेल्बाङ माइतबाट आउदै गर्दा भिरबाट लडेर मृत्यु भएको थियो । उनका श्रीमति २ छोरी छन् भने माहिला भाई गोरे पुनमगर बैदेशिक रोेजगारको शिलशिलामा रोमानियामा छन् । उनका श्रीमति २ छोरा र १ छोरी छन् । हिमालका बुवा लाल बहादुर पुनमगर कान्छी श्रीमतिसहित बाँकेको कोहलपुर बस्दै आएका छन् । हिमाल सीका कान्छी आमाबाट २ भाई र १ बहिनी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।