७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय वामपन्थी मञ्चद्वारा जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली

0

काठमाडौँ: राष्ट्रिय वामपन्थी मञ्चले दुखद र अकल्पनीय जहाज दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै दुर्घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

राष्ट्रिय वामपन्थी मञ्चका अध्यक्ष दीर्घप्रसाद पाण्डेले आज शाेक वक्तव्य जारी गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
साथै दुर्घटनामा परी ज्यान गुमाउन पुगेका मृतकका शोकसन्तप्त परिवारजन तथा प्रियजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
जारी वक्तव्यमा भनिएको छ, – ‘हिजो मिति २०७९ माघ १ गते बिहान १०-३० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको 9N-ANC ATR-72 बिमान पोखराको सिताराम पुल नजिकै सेती नदीको खोंचमा करिब १०-५२ मा दुर्घटना भई ठुलो जनधनको क्षति भएको खबरले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ । क्याप्टेन कमल केसीले उडाउनुभएको उक्त जहाजमा चालकदलका ४ जना र ६८ जना सर्वसाधारण यात्रु सहित ७२ जना सवार रहनु भएको थियो । यो अत्यन्तै दुखद घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तिहरुप्रति राष्ट्रिय वामपन्थी मञ्च हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । दुखद र अकल्पनीय जहाज दुर्घटनामा परी ज्यान गुमाउन पुग्नुभएका मृतकका शोकसन्तप्त परिवारजन तथा प्रियजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।