११ बैशाख २०८१, मंगलवार

नेपाली जनप्रगतिशील मोर्चा युरोपको पहलमा साइप्रसबाट बिमलाको उद्धार

1

साइप्रसमा घरायसी कामदारको भिसामा आएकी बिमलालाई आइपुगेको तीन महिना नपुग्दै साहुले काम दिन नसक्ने जनाउदै कामको सम्झौता सकिएको कागजमा त्यहाको एजेन्ट मार्फत जबरजस्ती हस्ताक्षर गर्न लगायो । काम सकिएको कागजमा हस्ताक्षर गरेपछि र अर्को नयां प्रकृयामा नगएसम्म उनको साइप्रस बसाई नै गैरकानुनी बन्यो । नेपाल र साइप्रसका एजेन्ट मिलेर बिमलाको पासपोर्ट नै जफत गरिदिएपछि उनले त्यहाँ नयाँ काम खोज्न पनि समस्या पर्‍यो ।

नयाँ काम र अन्य विकल्पको खोजी गर्न पासपोर्ट नै जफत भएपछि विविध मानसिक र प्राविधिक समस्या झेल्न पर्ने भएकाले उहाँ र उहाँका आफन्तले नेपाली जनप्रगतिशील मोर्चा, युरोपलाई सहयोग गरि नेपाल पठाइदिन अनुरोध गर्नुभयो । पीडितकै अपिल अनुसार मोर्चाले उहाँको टिकट व्यवस्थापन गरी नेपाल पठाएको छ । नेपाल सरकारले अन्य देशहरुसंग वैदेशिक रोजगारी सम्बन्धी सम्झौताहरु गर्न नसक्दा नेपाली युवा युवतीहरुले विदेशमा शारिरीक तथा मानसिक यातना भोग्न परिरहेको छ । उहाँलाई नेपालमा आफन्तसहित नेकपाका कार्यकर्ता, अखिल (क्रान्तिकारी) का पदाधिकारी, जनपत्रकार संगठनका सदस्य र मध्यपूर्व मोर्चाका संयोजकले स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “नेपाली जनप्रगतिशील मोर्चा युरोपको पहलमा साइप्रसबाट बिमलाको उद्धार

  1. युरोपमा ठगिने यस्ता सयौं होइन हजारौंको सङ्ख्यामा रहेका पिडित मध्ये बिमला वि.क. साहसी,जुझारु,अन्यायका विरुद्ध बोल्ने हिम्मत र आँट भएकी एक मात्र प्रतिनिधि पात्र हुन ।

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।